धरान: वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख ढलेर किच्दा दुई जना घाइते भएका छन् । सोही रुखले किचेर एउटा टेम्पो पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।

रुखले किचेर घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार घाइते हुने जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव हुन् । प्रतिष्ठानको पियाआईसियूमा छोरा क्रितिक यादवको उपचार गराईरहेका उनीहरुलाई बाटोमा हिंड्दा हिंड्दै रुख ढलेर किचेको थियो । मानवीयताको हिसावले घाइते दुवै जना र विरामी छोराको औषधि र उपचार खर्च निःशूल्क गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरी शंकर साहले बताए ।

bkihs-tree1

रुखले पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को.२.ह. ५५७५ नम्वरको टेम्पोलाई समेत पूर्णरुपले क्षति पुर्याएको छ । रुख ढलेर ठूलो एवम् अप्रिय क्षति नभएतापनि भविष्यमा हुनसक्ने दुर्घटना रोक्न प्रतिष्ठान पसिरमा रहेका बुढो रुखहरु काटेर नयाँ वृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको अधिकृत तामाङले बताए ।

bpkihs-tree2 bpkihs-tree3