ईडनले वैदेशिक अध्ययन जाने विद्याथीलाई सहज एबं पारदर्शी ढंगले सेवा प्रदान गरीरहेको तथा लामो समय देखि विदेशका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुको उपस्थितिमा शैक्षिक मेलाहरु गर्र्दै आएको छ । यसै सन्दर्भमा ईडनका प्रबन्ध निर्देशक मोहन तिगेलासंग गरीएको संक्षिप्त अन्र्तवार्ता

तपाईहरुको शैक्षिक मेला कहिले र कहाँ हुदैछ ?

हाम्रो शैक्षिक मेला भाद्र ८ गतेका दिन धरान स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा हुदैछ भने भाद्र ९ गतेका दिन ईटहरी स्थित दुर्गा पार्टी प्यालेसमा हुदैछ ।

यस शैक्षिक मेलामा पहिलेको भन्दा के फरक देख्न पाईएला ?

धन्यवाद । यस पटकको शैक्षिक मेला विशेष छ किनकि यस मेलामा लगभग ८ देखी १२ वटा देशका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुको सहभागिता रहने छ । त्यसैले, यस पटकको कार्यक्रम विद्यार्थीहरुको लागि एकमुष्ट रुपमा प्राय देशहरुका बारेमा जान्ने अवसर बन्न सक्छ ।

विद्यार्थीहरुका लागि मेलामा आर्कषक कुराहरु के के छन ?

सर्वप्रथम, आफ्नै शहरमा टाढा टाढाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष आफ्ना जिज्ञाशाहरु राख्न पाउनुनै अवसर हो । देश संघियतामा गएपनि यस्ता सुविधाहरु अझै राजधानी केन्द्रीत छन् । यो अवस्थामा अभिभावक र विद्यार्थीहरुले सहजै आफ्नै शहरमा बसी जानकारी पाउन सक्छन् । दोस्रो, नेपाली विद्यार्थीहरुको वैदेशिक शिक्षाको रोजाईमा विविधता छ, आफ्ना शैक्षिक योग्यता र ईच्छा अनुरुपका देशहरु फरक फरक छन् । त्यसैले, कुनै एउटा देशको बारेमा नभएर धेरै देशहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिनु ईडनको जिम्मेवारी पनि हो । तयारी अवस्थामा रहेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै हामीले तत्काल भर्ना गर्न सक्ने सुविधा पनि राखेका छौं । साथ साथै, IELTS परिक्षा दिन तयार विद्यार्थीहरुले तत्काल परिक्षाको फारम भर्न सक्नु हुनेछ, त्यसका लागि पासपोर्ट र परिक्षा शुल्क सहित उपस्थित हुनुपर्नेछ । अर्को महत्वपूर्ण कुरा भनेको छात्रवृति हो, विद्यार्थीहरु आफ्ना शैक्षिक प्रमाणपत्रहरुको साथमा आएको खण्डमा Scholarship सम्बन्धि जानकारी पनि दिने छौं र यदि योग्य ठहरिएमा विश्वविद्यालयको सल्लाह अनुसार परामर्शमा मदत गर्ने छौ । योग्य विद्यार्थीहरुले १०० प्रतिशत सम्म छात्रवृति पाउन सक्छन् । आर्थिक रुपमा पर्न सक्ने समस्या लगायत विभिन्न आर्थिक पाटोको बारेमा बुझ्न सजिलो बनाउने हेतुले हामीले बैंकलाई पनि सहभागी गराउने गरेका छौं । यस बाहेक अरु विभिन्न कार्यक्रमहरु पनि रहेका छन् ।

शैक्षिक मेलामा कुन कुन देशकाविश्वविद्यालय र कलेजका प्रतिनिधिहरु सहभागी हुनेछन ?

नेपाली विद्यार्थीहरुले अहिलेको समयका धेरै रुचाएका देशहरु जस्तै अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजील्याण्ड, जापान, ईन्डिया र युरोपेली मुलुक बाट विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुको सहभागी हुनेछन् । यी सबै देशहरुका आफ्ना आफ्नै विशेषताहरु छन र विभिन्न देशहरु बिच तुलना गर्दा विद्यार्थीहरुले आफ्नो आवश्यकता अनुसारको गनतब्य पाउन सक्छन् ।

यो शैक्षिक मेला कसका लागि बढी उपयोगी होला ?

बास्तवमा, यो शैक्षिक मेला सबैखाले विद्यार्थीहरुका उपयोगी छ । +2, Bachelors, Masters, PhD, Research आदि सबैका लागि यो शैक्षिक मेला उपयोगी हुनेछ । यहाँ उपस्थित हुने विश्वविद्यालय र कलेजहरुमा उच्चतम तह सम्मको शिक्षा आर्जन गर्न सकिन्छ । हालै मात्र सार्वजनिक +2  को नतिजाले विद्यार्थीहरुलाई अनिर्णयकोबन्दी बनाएको हुनसक्छ । सही र प्रत्यक्ष परामर्शले ती सम्पूर्ण विद्यार्थीहरुले आफ्नालागि सही गन्तब्य र शैक्षिक संस्था चयन गर्न सक्छन भन्ने हाम्रो विश्वास रहेको छ ।

यो शैक्षिक मेलामा विद्यार्थीले विषयगत रुपमा मिल्ने विद्यार्थी पाउलान त ?

नेपालमा प्रमुख रुपमा पढाई हुने विषयहरु जस्तै Science, Management, Tourism, Hospitality, Diploma level technical course, Humanities, Engineering, Medical Science, Nursing, आदि लगभग सबै क्षेत्रका विद्यार्थीहरुलाई समेट्ने शैक्षिक मेला भएकाले हामी विश्वस्त छौं । त्यतीमात्रै नभएर, आजभोलि Music, Leadership, Entreprenuership, Art, Cookery  आदि विषयहरुमा पनि विद्यार्थीहरुको रुचिलाई मध्यनजर गर्दै सम्बन्धित विश्वविद्यालय र कलेजहरुलाई पनि निमन्त्रणा दिईएको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हाम्रो यो पटकको उद्धेश्य भनेको सबै विद्यार्थीहरुको रुचिलाई एकै पटकमा एकैछाता मुनि समेट्ने रहेको छ । म सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई यस अवसरको अधिकतम फाईदा उठाउनुहुन अनुरोध गर्दछु , वैदेशिक शिक्षा प्रदायकहरु तपाईहरुको शहरमा आउदैछन् । अन्त्यमा, १०० प्रतिशत सम्म छात्रवृति पाउने अवसर पनि रहेको कुरा फेरी दोहोर्याउन चाहन्छु ।