धरान: मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ सुनसरीको धरानमा विशेष प्रर्दशन हुने भएको छ ।

मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ कात्तिक ९ गते शनिबार धरानमा प्रर्दशन हुने भएको हो । चलचित्र युनिटले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै झापाको दमक र विर्तामोडमा विशेष प्रर्दशनी पछि धरानमा पनि हुन लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मौसम इम्बुङले ‘घरजम’मा नेपाली कथालाई नेपाली शैलीमै प्रस्तुत गरिएकाले दर्शकले मन पराउने दावी गरे ।नेपाली दर्शकले चलचित्रमा आफ्नोपन खोजिरहेको र ‘घरजम’ले दर्शकको चाहना पुरा गर्ने उनको भनाइ छ ।

क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरुले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ मन्ने मानक स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको निर्देशक इम्बुङको दावी गरे । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग स्वदेश तथा विदेशमा रहेको सन्ततीलाई परिचित गराउँन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम रहेकाले चलचित्र निर्माण गरिएको बताइन् ।

gharjam1

चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दाबढी चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष्य रहेको विशेष प्रर्दशन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिए । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको उनले बताए । घरजम युनिटले विशेष प्रर्दशनीपछि स्थानीयस्तरमा पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग चलचित्रबारे समिक्षात्मक कार्यक्रम समेत गर्ने जनाएको छ ।

चलचित्र मनोरन्जनको माध्यममात्र नभएर समाजलाई प्रतिबिम्बित गर्ने भएकोले चलचित्रबारे समिक्षा आवश्यक रहेको चलचित्रका संचार सल्लाहकार मिलन लिम्बुकले बताए । करिब ८० लाख लागतमा तयार भउो चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सह–निर्माता तेज मेन्याङबो रहेका छन् । चलचित्रमा बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायत कलाकारको अभिनय रहेको छ ।