मुम्बई : बलिउड अभिनेत्री करिना कपुरले आफ्नो अभिनय जीवमै पहिलापटक आमिर खानलको आगामी चलचित्रका लागि अडिसन दिनुपरेको बताएकी छन् ।

अभिनेत्री कपुरले एक अन्तर्वार्तामा भनेकी छन् कि १९ वर्षदेखिको अभिनय यात्राका क्रममा पहिलो पटक आमिर खानको फिल्मका लागि अडिसन दिनुपरेको बताएकी हुन् ।करिनाले आमिरको आगामी फिल्म ‘लाल सिंह चड्डा’का लागि अडिसन दिएकी हुन् । यो चलचित्र १९९४ मा रिलिज भएको अमेरिकी चलचित्र ‘फरेस्ट गम्प’को रिमेकका रुपमा आउन लागेको हो ।

करिनाले उक्त चलचित्रका लागि अडिसन दिनु आफ्ना लागि अप्रत्यासित भएको बताएकी छन् । यद्यपि चलचित्र क्षेत्रमा भइरहेको परिवर्तनलाई आफूले जहिले पनि स्वीकार गर्ने करिनाको भनाइ छ । ‘लाल सिंह चड्डा’लाई आमिर खान समेत अभिनित चलचित्र ‘सेक्रेट सुरस्टर’ निर्देशन गरेका उद्वैत चौहानले निर्देशन गरिरहेका छन् ।