महिलालाई सम्मान नगर्ने केटाहरूले मलाई आकर्षित गर्न सक्दैनन् । महिलालाई सस्तो मजाक बनाउनेहरूप्रति घृणा जागेर आउँछ ।

जिम्मेवार

मलाई जिम्मेवार केटा मन पर्छ । आफू सधैँ सही भइन्छ भन्ने छैन, आफूले गलत गरेको अवस्थामा उसले गाइडेन्स दिन सकोस् । आफूप्रति, घरपरिवारप्रति, समाजप्रति ऊ जिम्मेवार होस् । अरूलाई पनि जिम्मेवार बनाउने कोसिस गरोस् ।

प्रेमिल

ऊ प्रेमिल हुनुपर्छ । विश्वास गर्ने वातावरण बनाउन सक्ने हुनुपर्छ । कतिपय अवस्थामा शंका–उपशंकाहरू हुन्छन्, त्यो कुरालाई चिर्ने हुनुपर्यो । बढी शंकालु हुनुभएन । बरु आपसी सहकार्यबाट असमझदारी हटाउन सक्ने हुनुपर्छ । पढ्न त हजारौँले पढिरहेकै छन् नि, तर परेका मानिससँग जीवनलाई हेर्ने आयाम बृहत् हुन्छ ।

पढेको होइन, परेको

धेरै पढेको होइन, व्यावहारिक केटा मन पर्छ, जसले जिन्दगीलाई बुझेको हुनुपर्यो । पढ्न त हजारौँले पढिरहेकै छन् नि, तर परेका मानिससँग जीवनलाई हेर्ने आयाम बृहत् हुन्छ ।

मेरो क्षेत्रलाई बुझेको

म र मेरो क्षेत्रलाई बुझेको हुनुपर्यो । इमान्दार पनि हुनुपर्यो, स्मार्ट पनि । ह्यान्डसमचाहिँ त्यति जरुरत छैन, मलाई । उसको व्यवहार गतिलो छैन भने जतिसुकै ह्यान्डसम भए पनि मलाई कुरूप लाग्छ । अनि बाबुआमाको कमाइमा होइन, आफ्नै कर्ममा विश्वास राख्ने होस् ।-नयाँपत्रिका दैनिकबाट