धरान: कवि शिरोमणी लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती धरानमा मनाईएको छ ।

मंगलबार धरान १६ स्थित लेखनाथ चोकमा अवस्थित कवि पौड्यालको प्रतिमामा माल्र्यापणसँगै व्यक्तित्वको परिचर्चा र उनका कविताहरु पनि वाचन गरेर जन्मजयन्ती मनाइएको हो । कविशिरोमणि साहित्य साधना समाजका अध्यक्ष सिद्धिकर्ण शर्माको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो । धरान १६ को जनपथको बाटो विस्तारको क्रममा सालिक भत्काएर सानो बनाइने भएको छ । सोही बिषयमा पनि आवश्यक सल्लाह सुझाव पनि लिइएको थियो । कार्यक्रममा कवि शिरोमणि पौड्याल सामाजिक विकासको पक्षमा, अन्याय, अत्यचार, विकृति र विभेदविरुद कलम चलाउने कविको रहेको प्रमुख अतिथि डा.गोपाल भण्डारीले बताए ।

कविको व्यक्तित्व र कृतित्वमाथि डा.भीम खतिवडा र प्राध्यापक हरिप्रसाद दाहाल प्रष्ट पार्दै उनको जीवन उपयोगी कविता समेत वाचन गरेका थिए । कविताको क्षेत्रमा लेखनाथको योगदानलाई कहिल्यै कसैले पनि विर्सन नसक्ने रहेको छ । नयाँ पुस्तामा कवि पौड्यालको विचार र सन्देशलाई पु¥याउन आफुहरु लागिपरेको महासचिव डा. महानन्द तिम्सिनाले व्यक्त गरे । उनले कवि पौड्यालको जन्म जयन्तीको अवसरमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पर्यटन सम्बन्धी विषय राखेर पुष २६ गते खुल्ला कविता प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रम राखिएको समेत जानकारी दिए ।