मुम्बई : विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन् । यो खास दिन उनले पति करण सिंह ग्रोबरसँग मालद्धीपमा सेलिब्रेट गरेकी छन् । उनका साथीभाई र बलिउडका कयौं स्टारहरुले उनलाई जन्मदिनको खास बधाई दिएका छन् ।

अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि पोस्ट लेखेका छन् । उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ । डिनोले आफ्नो इन्स्ट्रगाम पोस्टमा विपाशासँगको पुरानो तस्बिर सेयर गरेका छन् । उक्त फोटो उनीहरुको डेटिङको समयको जस्तो लाग्छ ।

डिनो र विपाशा १९९० को दशकमा रिलेशनसिपमा थिए । विभिन्न कारणले यो रिलेशनसिप टिक्न सकेन । २००२ मा उनीहरुको ब्रेकअप भयो । यो पुरानो तस्बिरको साथमा डिनोले बर्थडे विस मात्रै गरेनन् क्याप्सन पनि लेखेका छन् । ‘गुड टाइम्स् अल्वेज’, उनले लेखेका छन् । तस्बिरमा विपाशा र डिनोले सेतो पहिरण लगाएर कुनै रेष्टुरामा डिनर गर्दैछन् । अहिले विपाशा हाँसीखुशी विवाहित जिन्दगी बिताइरहेका छन् । सोसल मिडियामा पनि निकै व्यस्त देखिन्छन् । उनले पतिको साथमा पोस्ट गरेका तस्बिरले सोसल मिडिया रंगिन छ । विपाशाको करणसँग फिल्म अलोनको सुटिङको समयमा भेट भएको थियो । दुबैले २०१६ मा विवाह गरेका हुन् । अहिले डिनो फिल्म ‘हेल्मेट’ को तयारी गरिरहेका छन् ।