पथरी : मोरङ उर्लाबारी घर भएकी गायिका योजना पुरीले नयाँ गीत ‘स्लो मोसन’ दर्शक, स्रोतामाँझ लिएर आएकी छन् । उक्त गीत उनले आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

‘स्लो मोसन’ अहिले चलिरहेका गीत भन्दा अलिक फरक शैलीको लोक, पप प्याट्रनमा रहेको छ । गीतमा शब्द डिपी खनाल, शंकर थापाको संगित एरेन्जर उदयराज पौडेलको रहेको छ । भिडियो भने अलिक फरक रहेको छ । भिडियोमा दाङका भाइबहिनीले नाचेका छन् । भिडियोलाई डान्सर एवं कोरियोग्राफार जीबन बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोलाई अत्यन्तै मन पराइएको छ ।