काठमाडौं : बलिउड अभिनेता ऋतिक रोशन ४६ वर्ष पुगेका छन् । एसियाकै सेक्सी पुरुषको रुपमा चिनिएका रोशनले ६ वर्षकै उमेरमा अभिनयको यात्रा सुरु गरेका थिए । उनी अभिनय र नृत्य दुवैमा पोख्त छन् ।

उनको जन्म सन् १९७४ को जनवरी १० तारिखमा भएको थियो । उनको वास्तविक नाम ऋतिक राकेश नागरथ हो । पिता राकेश र नागरथ उनका हजुरबुबा हुन् । ऋतिक रोशनको परिवारको सम्बन्ध संगितसँग निकै राम्रो छ । त्यसैले ऋतिक रोशन पनि गायक नै हुन् । उनले ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘गुजारिश’ जस्ता फिल्महरु खेलेका छन् ।

सुजैनसँग विवाह

ऋतिकले पहिलो फिल्म ‘कहो न प्यार है’ पछि सुजैनसँग सन् २००० मा विवाह गरेका थिए । तर सम्बन्धमा आएको दरारपछि उनले विवाहको १४ वर्षपछि सन् २०१४ मा सुजैनसँग सम्बन्धविच्छेद गरे ।

विवाहका लागि ३० हजार ‘प्रपोज’

मुम्बई मिररको रिपोर्टमा उल्लेख भएअनुसार ऋतिकलाई विवाहका लागि ३० हजार प्रस्ताव आएको थियो । तर उनले सबैबाट सुजैनसँग विवाह गरे ।

‘चेन स्मोकर’

कुनै एक समय ऋतिक रोशन चेन स्मोकर थिए । तर उनले ‘ईजी वे टू स्टप स्मोकिङ’ नामक किताब पढेपछि चुरोट पिउन छाडेका थिए । ‘कहो ना प्यार है’ बाट फिल्म क्षेत्रमा आएका ऋतिकको अभिनयले धेरै दर्शकलाई लोभ्याउन सफल भएको छ । उनले पहिलो फिल्मपछि सबै हिट फिल्म दिएका छन् ।