इटहरीः रातो र चन्द्र सुर्य जंगी निशाना हाम्रो.....
मेरो देश प्यारो नेपाल...
नेपाली हामी रहौला कहाँ नेपालै नरहे..

यस्ता राष्ट्रियताले भरिएको कालजयी गितले शनिबार इटहरी जुरुक्क उठ्यो । गायक दुर्गा पराजुलीले देशभक्तिपुर्ण गीतबाट इटहरी तताए । देशभक्तिपुर्ण गीतले पारिलो घाममा सयौ दर्शकको आङ् सिरीङ्ग पार्यो । दर्शक श्रोतामा देशभक्तिको रक्तसंचार भयो ।

सुनाखरी कलाकुन्जको आयोजना भएको ‘देश कहाँ ?’ कार्यक्रममा उनले १ दर्जन बढी देशभक्तिका गीतहरु सुनाए । कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री रामकुमार सुब्बा थिए । उनले पनि नेपाली हामी रहुला कहाँ... भन्ने गीतबाट आफ्नो मन्तव्य सुरु गरे ।

पुष २७ गते मनाइने पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवसमा कलाकुन्जले एक दिन अगावै कार्यक्रम आयोजना गरेको थियो । त्यसको भोलीपल्ट अर्थात पौष २७ गते आइतबार राष्ट्रिय एकता दिवस आयोजक समितिले पनि सोही स्टेजमा कार्यक्रम गरेको थियो । जसको प्रमुख अतिथि नेपाली सेनाका पुर्व प्रमुख रुक्माङगद कट्वाल थिए ।

national

उनले पनि देशक्तिपुर्ण गीतबाटै आफ्नो मन्तब्य सुरु गरेका थिए । तत्कालीन अवस्थामा पृथ्वी नारायण शाहले नेपाल देश नबनाईदिएको भए आज हामीले नेपाली भन्ने अवसर नपाउने उनले बताए । पृथ्वी नारायण शाहले त्यही समयमा अग्रेजको फौज नभगाएको भए हामीले नेपाली भन्ने अवसर नपाउने उनले सुनाए ।

उनी त्यही बेला देखी असल शासक, असल कुटनितज्ञ, असल नेता र असल अभियन्ता भएको कट्वालले प्रश्ट पारे । सोही कार्यक्रममा पुर्व मन्त्री रामकुमार सुब्बाले नेपाल ४ जात ३६ बर्णको फुलबारी भएको र ति फुलहरु एक भएमात्र नेपाल रहने बताए । अहिले फुलहरु बिचमा कसैलाई कालो, कसैलाई गोरो र कसैलाई नेप्टो भन्दै छुट्याएको कारण नेपाली राष्ट्रियता संकटमा परेको उनले सुनाए ।

nationality

प्राध्यापक डा.बद्रीबिशाल पोखरेलले अध्ययन कम भएको र इतिहासलाई नबुझ्नेले मात्र पृथ्वी नारायण शाहालाई धिक्कार गर्ने बताए । अहिले पृथ्वी नारायणलाई सराप्नेले राष्ट्रियताको कुरा गर्न नसुहाउने उनको तर्क छ । सोही कार्यक्रममा प्याब्सन र हिसानले आयोजना गरेको वक्तित्वकला कार्यक्रमका बिजयी बिद्यार्थीलाई पुरस्कार वितरण गरीएको थियो ।

१० बर्ष अगाडीदेखी मनाउन सुरु गरिएको एकता दिवस पछिल्लो समय लोकप्रिय बन्दै गएको कार्यक्रममा संयोजक कमलेश पौडेलले बताए । पहिला एकता दिवसको मनाउँदा १० जना भेला हुन गाह्रो हुने इटहरीमा अहिले हजारौ मान्छे उपस्थित हुनु ठुलो उपलब्धी भएको उनको भनाईछ । कार्यक्रममा पुर्व सांसद रेवतीरमण भण्डारी, नेपाली सेना पुर्वी पृतनाका पृतनापति, बिभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।