इनरुवा: इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह चरणको खेलहरु सकिएका छन् ।

सोमबार इनरुवा रंगशालामा सम्पन्न समुह ’डी’ अन्तर्गतको अन्तिम खेलमा मलेसियाले गण्डकी प्रदेशलाई १९२ रनको विशाल अन्तरले पराजित गर्यो । जित हात परेता पनि मलेसिया सेमीफाइनल पुग्न भने असफल रह्यो । समुह ’डी’ अन्तर्गत यस अघिनै दुइ खेलमा जितको साथ सुदुर पश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरिसकेको छ । गण्डकी प्रदेशले भने दुवै खेलमा हार बेहोर्यो ।

खेलमा मलेसिया पहिले ब्याटिंग गर्दै दिएको २९९ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २७.२ ओभरमा १०६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । गण्डकीको लागि बिपिन खत्रीले सर्वा्धिक ४२ रन, प्रभिन ढकालले अविजित १९ रन तथा बिधान श्रेष्ठले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाको बलिंगमा सुहारिल फेटरिले सर्वा्धिक ४ विकेट लिए भने अनवर रहमान र भिजय उन्नीले समान ३-३ विकेट लिए ।

Ainool-Haqqiem

यसअघि टस जितेर ब्याटिंग रोजेको मलेसियाले निर्धा्रित ४७ ओभरमा ८ विकेट गुमाएर २९८ रनको योगफल तयार गरेको थियो । मलेसियाको लागि ओपनर ऐनुल हकिमले सर्वा्धिक ८९ रन बनाए जुन क्रममा १११ बलमा ११ चौका प्रहार गरे। यस्तै अर्का ओपनर भुषण सेभ र भिरनदिप सिंहले समान ५० रन बनाए। भुषणले ३४ बलमा ८ चौका र १ छक्का तथा भिरनदिपले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै एहमद फैजले ३१, मोहम्मद अरिफले २०, मोहम्मद हफिजले १५ तथा नजरिल रहमानले १३ रन बनाए ।

गण्डकी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर बिपिन खत्रीले सर्वा्धिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ५१ रन खर्चिए । चन्द्र कान्त पौडेलले २ तथा गोभिन्द प्रधानले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच ऐनुल हकिम चुनिए। प्रतियोगिता अन्तर्गत यस अघि समुह ’डी’ अन्तर्गतको खेलमा मलेसियालाई सुदुरपश्चिमले ८ विकेटले पराजित गरेको थियो । यस्तै सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको थियो । माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।

Player-of-the-match-Ainool-