काठमाडौं : सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।

पूर्वप्रधानमन्त्री दाहाललाई कार्यविधि अनुसार सुरक्षा प्रयोजनका लागि नौ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत कार्यविधि मिचेर सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई १९ जना सुरक्षाकर्मी दिइएको छ । यसैगरी, पूर्वप्रधानमन्त्री देउवाले ३८ जना सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई समेत कार्यविधि मिचेर २९ जना बढी सुरक्षाकर्मी दिइएको हो ।

कसका निवासमा कति सुरक्षाकर्मी ?
पुष्पकमल दाहाल- ७७ जना
शेरबहादुर देउवा- ३८ जना
झलनाथ खनाल-१९ जना
माधवकुमार नेपाल-१७ जना
डा. बाबुराम भट्टराई-११ जना
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी- १० जना
लोकेन्द्रबहादुर चन्द- १२ जना