धरान: धरान १४ विजयपुर पुख्यौली घर भएका गायक निशान भट्टराईको गएराती सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

राजधानीमा दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा दुर्घटना हुदा भटराईको मृत्यु भएको हो । उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकमा रहेको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिए पनि ज्यान जोगिन सकेन । उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ ।

मृतक भटराई चर्चित गायिका लोचन भटराईको सहोदर भाई हुन् । उनी स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् ।