जनताको समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुुख्यमन्त्रीको निर्देशन

  • माघ ५, २०७६
  • ६९२ पटक पढिएको
  • कपुरीन्यूज
alt

विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रीसहित आज नियुक्त भएका राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्टरुपले कार्यविभाजन गरेर काम गर्न निर्देशन समेत दिए । काम गर्न अलमल नगर्न निर्देशन दिदै मुख्यमन्त्री राईले कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुपर्ने बताए । ‘काम गर्न अल्मलिनु पर्दैन, कामको आधारमा जिम्मेवारी बाँडफाड गरेर आपसमा छलफल गरेर नतिजा देखाउनुस्,’मुख्यमन्त्री राईले भने । कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशन दिदैं मुख्यमन्त्री राईले आत्तिने, मात्तिने र अयोग्य हुने छुट नरहेको समेत बताए ।

प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न पनि मुख्यमन्त्री राईले निर्देशन दिए । 'महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरुको अग्निपरीक्षा सुरु भयो । तपाईहरुले यो ऐतिहासिक कार्यभार सफलरुपमा वहन गर्नुहुनेछ,'मुख्यमन्त्री राईले भने । आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।

pradesh-mantri-2 1

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम चार जनाप्रदेश १ का प्रदेश सभा सदस्यहरुलाई राज्यमन्त्रीमानियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । जस अनुसार प्रदेश प्रमुख सोमनाथअधिकारी प्यासीले रामबहादुर मगरलाई भुमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङ्गलाई भौतिकपूर्वाधार विकास मन्त्रालय, जसमायागजमेर (विश्वकर्मा) सामाजिकविकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वनतथावातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved