धरान: सुर्य नेपाल टुर अन्र्तगत चार दिने इष्टर्न ओपन गल्फ टुर्नामेन्ट भोली मंगलबारदेखि धरानस्थित निर्वाणा गल्फ कोर्षमा शुरु हुनेछ ।

पार ६९ को कोर्षमा ३ दिन मुख्य स्पर्धा हुनेछ भने चौथो दिन प्रो एम स्पर्धा हुनेछ । प्रतियोगितामा कुल ५० खेलाडीहरु सहभागी हुने नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनले जनाएको छ । ती मध्ये ३५ व्यवसायिक खेलाडी हुनेछन् भने बाँकी एमेच्योर खेलाडी हुनेछन् । प्रतियोगितामा नेपालका उत्कृष्ट प्रोफेस्नल तथा एमेच्योर खेलाडीहरु सहभागी हुन धरान आइसकेका छन् । उनीहरुले गल्फ कोर्षमा अभ्यास गरिरहेका छन् ।

golf-course1

प्रतियोगितामा २ दिन ३६ होलको खेल समाप्ती पछि उत्कृष्ट स्कोर गर्ने टप २४ खेलाडीहरु मात्र तेस्रो दिनको स्पर्धाको लागि छनौट हुनेछन् । तेस्रो दिनको लागि कट पार एवं छनौट हुने प्रोफेस्नल खेलाडीहरु सबैले नगद पुरस्कार पाउनेछन् । एमेच्योरको विजेता र उपविजेताले भने ट्रफी पाउनेछन् । प्रतियोगिताको लागि कुल पुरस्कार राशी ७ लाख छ । विजेताले कति पाउने भनेर तय भइसकेको छैन ।

तीन दिनको मुख्य स्पर्धा सकिएपछि चौथो दिन प्रो एम स्पर्धा हुन्छ । यसपालीदेखि गल्फ कोर्षको पार पनि घटेको छ । आयोजक एशोसिएशनका अनुसार कोर्षको नवौं होल यसपालीदेखि १ पार घटेर पार ३ कायम गरिएको छ । त्यसैले कुल पार ७० को गल्फ कोर्ष घटेर ६९ पार कायम भएको छ ।

तस्बिर क्याप्सन: सोमबार(आज) गल्फ कोर्षमा अभ्यास गर्दै प्रोफेस्नल र एमेच्योर गल्फरहरु ।