इटहरी : आइतबारदेखी जारी हिसान सुनसरीको स्पोर्टस मिटमा धरान सेकेण्डरीले दुई वटा विद्यामा उपाधी उचालेको छ ।

हिसान स्पोर्टस् मिट अन्तर्गत सोमबार सम्पन्न ब्याडमिण्टनको ब्वाईज सिंगल र गल्र्स सिंगलको दुबै उपाधी धरान सेकेण्डरीले जितेको छ । सोमबार सम्पन्न ब्वाइज सिंगल तर्फको फाइनल खेलमा एम्स सेकेण्डरीका निमेश नेपाललाई दुई-सुन्यको सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । गल्र्स सिंगल तर्फ पनि धरान सेकेण्डरीकी सृष्टी राईले विश्वआदर्शकी इच्छा शेर्पालाई दुई-सुन्यकै सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेकी छन् ।

सोमबार नै सम्पन्न टेबलटेनिस तर्फको फाइनलमा धरान आदर्शका सशी भुजेलले विश्वआदर्शका दिवश अधिकारीलाई पराजित गर्दै उपाधी जितेका छन् । टेबलटेनिसकै गल्र्स तर्फ कोशी सेन्टजेम्सका आष्मा श्रेष्ठले डिपोट स्कूलकी सिमरन राईलाई पराजित गर्दै उपाधी जितेका छन् ।

सोमबार फूटबलका समुह चरणका खेलहरु पनि सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेलमा धरान आदर्श माबिले इटहरी नोबेल एकेडेमीलाई नौ-सुन्य गोलको फराकिलो अन्तरले पराजित गरेको छ । यस्तै दोसो्र खेलमा कस्तुरी कलेज इटहरीले ज्ञानदर्पण एकेडेमी इटहरीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । तेस्रो खेलमा डिपोट मावि धरानले सगरमाथा कलेज धरानलाई एक-सुन्य गोल अन्तरले पराजित गरेको छ । चौथो खेलमा सुष्मा गोदावरी कलेज इटहरीले धरानको बिष्णु मेमोरियल माबिलाई एक सुन्य गोल अन्तरले पराजित गरेको छ ।

सोमबारदेखी क्रिकेटका खेलहरु प्नि सुरु भएका छन । क्रिकेटको पहिलो खेलमा विश्वआदर्श कलेजले महेन्द्र मेमोरियल माबि दुहबीलाई ४ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ । इटहरी ९ स्थित क्रिकेट मैदानमा सोमबार नै सम्पन्न दोस्रो खेलमा पूर्वाञ्चल एकेडेमी तरहराले बिष्णु मेमोरियल माबि धरानलाई ८ रनले पराजित गरेको छ ।  सोमबार नै भलिबलको छात्रातर्फको सेमिफाइनल खेलहरु सकिएको छ । पहिलो सेमिफाइनलमा कस्तुरी कलेजले कोशी सेन्टजेम्स उच्च माबिलाई पराजित गर्दै फाइनलमा पुगेको छ । दोसो्र सेमिफाइनलमा बिश्वआदर्शले सुष्मा गोदावारी कलेजलाई पराजित गर्दै उपाधी नजिक पुगेको छ । फाइनल खेल म्ांगलबार बिहान हुनेछन ।

एक सातासम्म चल्ले स्पोर्ट मिटमा यसवर्ष फुटबल (छात्र), भलिबल(छात्र/छात्रा), क्रिकेट (छात्र), बास्केटबल (छात्र/छात्रा), टेबल टेनिस (छात्र/छात्रा), ब्याडमिन्टन (छात्र/छात्रा), हाजिरीजवाफ, वक्तृत्वकला, नृत्य लगायत ११ विधा र १५ इभेन्ट्स संचालन हुने छ । सबै इभेन्टमा प्रत्यक्ष रुपमा १२ सय ५० भन्दा बढी र अप्रत्यक्ष रुपमा ८ हजार बढी विद्यार्थीहरुको सहभागिता रहने दाबी गरिएको छ ।
माघ ११ गते विश्व आदर्श स्कुलमा आयोजना हुने समापन कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता हुने तथा सप्ताह भरीका विजयी विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र साथै विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । समापन समारोहका प्रमुख अतिथिका रुपमा हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल रहने कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिए ।