धरान : सुनसरीको इटहरी ४ का दीपज्योती पौडेलले आफ्नो जन्मोत्सव रक्तदान कार्यक्रमको आयोजना गरि मनाएका छन् ।

आज (बुधबार) उनले २० बर्ष पुगेको अवसरमा आफुसंगै इटहरीको कस्तुरी कलेज ब्याचलर दोश्रो बर्षमा अध्यनरत १४ जना विद्यार्थीको टोलीले धरानको वीपी प्रतिष्ठानमा रहेको रेडक्रसमा रक्तदान गरेका हुन् ।

जन्मदिनको अबसरमा आफ्नो टोली सहित रक्तदान गर्न ईच्छुक रहेको कुरा ब्लड फर नेपालसंग जानकारी गराएर रेडक्रस धरानसंग सहकार्यगरी रक्तदान कार्यक्रम सफल पारिएको हो । आफ्नो साथीको जन्मदिनमा केही महान कार्यगर्ने मौका मिलेको भन्दै उनका साथीहरु निक्कै खुशी देखिन्थे । कार्यक्रममा ब्लड फर नेपालका सदस्यहरु जोरस दाहाल, किशोर रौनीहार, नुमाशा चेम्जोङ र हरी श्रेष्ठ सहितको टोली उपस्थित रहेका थिए ।

0 2