झापाः श्रीमान् विदेशमा भएको बेला झापाकी एक महिला ४२ लाख बराबरको सम्पत्ति लिएर बेपत्ता भएकी छन् ।

दमक नगरपालिका १ श्रीजंगा टोलकी २७ बर्षीय भोजीमाया श्रेष्ठ पौडेल (निशा) १५ धुर जग्गा बेचेको १० लाख, बिदेशबाट श्रीमानले पठाएको २० लाख, सुन लगायत घरयासी घरगहना तथा समान बिक्री गरेर वेपत्ता भएकी हुन् । उनले कुल ४२ लाख बराबर लिएर गएको खुलेको छ । उनका श्रीमान् गणेश श्रेष्ठ बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेको बेला यता श्रीमति सम्पत्ति लिएर वेपत्ता भएका हुन् ।

श्रीमान् गणेशका अनुसार गत मसिंर २३ गते माइत जान्छु भनेर हिडेकी निशा हालसम्म पनि भेटिएको छैन । अहिले श्रीमान् गणेश नेपाल आइसकेका छन् । उनी दिनरात श्रीमतीको खोजीमा भौतारिएका छन् । तर अझैसम्म पनि निशा कहाँ छिन् भन्ने पत्ता लागेको छैन । गणेश भन्छन्,'उनकै आग्रहमा म बिदेश गए । भए भरको सबै पैसा उनलाई पठाए, तर अहिले न श्रीमती छिन् न त पैसा । म मर्नु न बाँच्नु भएको छु ।'.

उनीहरुका दुई छोरीहरु छन् । आमा बेपत्ता भएपछि छोरीहरुको पनि बिचल्ली भएको छ । त्यति मात्र होइन, उनले भए भरका सबै सहकारी संस्थाबाट पनि ऋण लिएकी रहिछिन् । अहिले दिनहँु घर घेर्न साहु तथा वितिय संस्थाका मान्छे आउँने गरेको गणेश बताउँछन् । निशाले नानीहरुको स्कुल शुल्क पनि नबुझाइ बसेको अहिले आएर मात्र पत्ता लाग्यो । त्यो पनि विदेशबाट आए पनि गणेश आफैले तिर्नुपरेको छ ।

बिदेश गएको एक बर्षपछि एकाएक श्रीमतिमा परिवर्तन आएको तर आफु निरन्तर विश्वास गरेर पैसा पठाउने गरेको गणेशले बताए । उनी बिदेशमै भएको बेला उनका बाबुले अपराध महाशाखा टेकुमा निबेदन दिएका थिए । मोबाईल एपमार्फत लोकेशन चेक गर्दा चितवन भएको थाह भयो । आफन्त मार्फत चितवन प्रहरीमा निबेदन दिइएको थियो । तर प्रहरीले अहिलेसम्म पत्ता लगाएको छैन ।

यस्तै खोजतलासका निमित्त माईती नेपालमा पनि निबेदन दिइएको गणेशले जानकारी दिए । छिमेकी इक्सा सम्बाहाम्फेका अनुसार उनीहरुको बिहे भएको १२ बर्ष भयो । निशाले यसअघि पनि विभिन्न संस्थाहरुबाट ऋण लिएर सकेको र श्रीमानले जग्गा बेचेर ऋण तिरिदिएको बताईन् । पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गदै गणेशले श्रीमतीको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन् ।