धरान: हिसान बास्केटवल च्याम्पियनसिपमा धरानको डिपो स्कुल महिला र पुरुष दुवै स्पर्धामा फाइनल प्रवेश गरेको छ । यस्तै, एम्स एकेडेमी पुरुष र धरान उच्च मावि महिलातर्फ फाइनल प्रवेश गरेको छ ।

धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा महिलातर्फको सेमिफाइनल खेलमा धरान उच्चले विष्णु स्कुलाई ६–२ स्कोरले हराउदै फाइनल प्रवेश गरेको हो । यस्तै, डिपो स्कुलले सिवन स्कुललाई २४–६ अंकले हराउदै फाइनल प्रवेश गर्यो । पुरुषतर्फ एम्स एकेडेमीले धरान आर्दशलाई ३०–१७ र डिपोले सिवन स्कुललाई २९–१४ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

महिलातर्फ धरान उच्चकि कुशलता राई र डिपो स्कुलकी लियालिसा श्रेष्ठ म्यान अफ दि म्याच घोषित भइन् भने पुरुष तर्फ एम्स एकेडेमीका सविन राई र डिपो स्कुलका लुप राई म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई नेपाल वास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र डिपो आर्दश वहुमुखि क्याम्पसका म्यानेजमेन्ट तर्फका कोअर्डिनेटर डा.नुनिलाल राजवंशीले मेडल प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनल बिहिबार बिहान ८ बजे हुनेछ । महिलातर्फको फाइनलमा डिपो र धरान उच्चबीच प्रतिस्पर्धा हुनेछ भने पुरुषमा डिपो र एम्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको प्राविधिक सहयोेग रहेको छ ।