धरान: शुक्रबार राती करिब ९ बजे धरान १३ स्थित कोशी राजमार्ग सडक खण्डमा स्कुटीले ठक्कर दिदा मृत्यु भएका एक व्यक्तिको अझै पनि सनाखत हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय धरानले मृतक व्यक्तिको फोटो सार्वजनिक गर्दै मृतकका आफन्तजनहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ । हिजो राती करिब ९ बजे उत्तरतर्फ जादै गरेको दिपेन्स कटुवालले चलाएको को ३४ प ५७३९ नम्बरको स्कुटीले पैदल यात्रीलाई ठक्कर दिएको थियो । स्कुटीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको लागि लगिएको थियो ।

उपचारको क्रममा नै उनको राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृतकले कालो ज्याकेट,कालो ट्रयाकसुट ट्राउजर लगाएका थिए भने धर्के भेष्ट लगाएका थिए । उनी अन्दाजी ४०/४५ बर्षको व्यक्ति हुन् । ठक्कर दिने स्कुटी चालक कटवाल इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।