धरान : नेपाल विद्यार्थी संघ इकाइ महेन्द्र बहुमुखी क्याम्पस धरानले आयोजना गरेको टाइगर फाइभ फुटबल प्रतियोगिता आज (बुधबार) सम्पन्न भएको छ ।

माघ १९ देखि सञ्चालन भएको प्रतियोगिता आज २२ गते सम्पन्न भएको हो । आज सम्पन्न भएको फाइनल खेलमा महिलातर्फ वीएड दोस्रो वर्ष ‘ए’ ले वीएड चौथो वर्षका ‘ए’ लाई ट्राइबेकरमा हराउँदै उपाधी जीतेको छ । वीएड दोस्रो वर्ष ‘ए’ र वीएड चौथो वर्षका ‘ए’ ले खेलको समय अवधिभर गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा परिणत भएको थियो । ट्राईबेकरमा महिलातर्फको विजेता र उपविजेताको टुंगो लागेको हो । महिलातर्फ म्यान अफ दि म्याच वीएड चौथो वर्ष ‘ए’ का सिमा राई घोषित भइन् भने वीएड दोस्रो वर्ष ‘ए’का इन्दिरा राई बेस्ट प्लेयर घोषित भईन् । दुबैजनाले प्रमानपत्र, मेडल, नगद र जर्सि प्राप्त गरिन् ।

यसैगरी आज नै भएको पुरुषतर्फका फाइनल खेलमा वीवीएम प्रथम सेमिस्टरले वीए दोस्रो वर्षका ‘बि’ लाई ट्राइबेकरमा नै हराउँदै उपाधी जीतेको हो । वीवीएम प्रथम सेमिस्टर र वीए दोस्रो वर्ष ‘बि’ को आज निक्कै रोचक खेल भएको थियो । दुबै टिमले खेलको समय अवधिभर २-२ गोल गरेर बराबरीमा टुंगियो । ट्राइबेकरमा पनि यि दुबै टिम बराबरी भएपछि फेरी अर्को राउण्ड ट्राइबेकर गर्नुपरेको थियो । अन्तिम राउण्डले पुरुषतर्फका विजेता र उपविजेताको छिनोफानो लाउन सफल भए । पुरुषतर्फका वीए दोस्रो वर्षका पूर्णधन राई बेस्ट प्लेयर घोषित भए भने वीए दोस्रो वर्षकै पूर्ण राई म्यान अफ दि म्याच घोषित भए । दुबैजनाले प्रमानपत्र, मेडल, नगद र जर्सि प्राप्त गरे ।

boys

महिला पुरुष दुबैतर्फका विजेता र उपविजेताले क्रमशः नगद ४ हजार रुपैयाँ, २५ सय रुपैयाँ प्राप्त गरे । साथै शिल्ड, प्रमाणपत्र र मेडल पनि प्राप्त गरे । त्यसैगरी प्रतियोगिताको अवधिभर रेफ्रीको भूमिका निभाउने सरोज रेग्मी, शिवराज राई, सविन किराती राई, सौजन्य राई, सन्जिव राई, शुलभ स्याम्योक्ता लिम्बुलाई पनि प्रमाण पत्र र मेडल प्रदान गरेर सम्मान गरेका थिए । प्रतियोगितामा महिला र पुरुष गरि ३१ टिमले सहभागिता जनाएको थियो ।

नेविसंघ ईकाइ महेन्द्रका कार्यबाहक सभापति दोर्चि शेर्पाले हरेक वर्ष नेविसंघले टाईगर फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए । प्रतियोगिताको शुरुवाती वर्षदेखि नै यस खेलप्रति विद्याथीहरुको सहभागिता बढेको, विद्यार्थीबीच यस खेलले भाइचाराको सम्बन्ध राख्न सफल भएको काबा सभापति शेर्पाले बताए । क्याम्पसमा विद्यार्थीलाई शिक्षा मात्र नभएर खेलकुद लगायत विभिन्न क्रियाकलाप गर्न पनि आवश्यक रहेको उनले बताए । शिक्षा सँगसँगै विद्यार्थीले खेलको माध्यमबाट पनि भोलि समाज, देशको नाम राख्ने उनले बताए । काबा सभापति शेर्पाले अब आउँदो वर्षदेखि रनिङ शिल्ड तथा रनिङकपको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतियोगिताको समापन कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय उपाध्यक्ष विकास केसी, नेविसंघ जिल्ला सभापति मन्दिप भट्टराई, नेविसंघ जिल्ला उपाध्यक्ष बुद्धहाङ लिम्बु र शुवेक्षु देवान, नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ, नेविसंघ क्षेत्र नं. १ सभापति बाल कु. राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति सरगम सागर चेम्जोङ, नेपाल प्रेस युनियन धरानका उपाध्यक्ष पारस राई, सो प्रतियोगिताको संयोजक रुपेश रिमाल लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको सञ्चालन भने विनोद आले मगरले गरेका थिए ।