मुम्बई : बलिउड नायिका पुनम पाण्डेले व्यापारी राज कुन्द्रा तथा उनका सहयोगीविरुद्ध हाई कोर्टमा मुद्दा हालेकी छन् । व्यापारी राज कुन्द्रा नायिका नायिका शिल्पा शेट्टीका पति हुन् ।

प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि शिल्पाले शिधै हाई कोर्टको ढोका ढक्कक्याएकी हुन् । समानारअनुसार गत वर्ष पुनमले आम्र्स प्राइम मिडियासँग आफ्नो नामबाट एप पाउन एक सम्झौता गरेकी थिइन् । त्यसबापत उनलाई राम्रै रकम मिल्नेवाला थियो । पुनमका अनुसार फर्मको सेयरमा भेदभाव भएपछि उनले सम्झौता फिर्ता लिइन् ।

त्यसलगतै उनलाई विभिन्न नम्बरबाट त्यसबारे फोन आउन थाल्यो । लगातारको फोनले दिक्क भएपछि तीन महिनाका लागि उनी विदेश पलायन भइन् । विदेशबाट फर्किएपछि पुनमले आफ्नो सम्पर्क नम्बर पनि बद्लिन् । तर नयाँ नम्बरमा पनि पुरानै कुरा उप्काउँदै फोन आउन थाल्यो । खासमा उनले राज कुन्द्राका सहयोगी सौरभ कुसवाहसँग आफ्नो समस्या सल्टाउन नयाँ नम्बरबाट फोन गरेकी थिइन् । तर भइदियो उल्टो । उनलाई तारन्तार कुन्द्राकै सहयोगी टिमबाट फोन आएपछि प्रहरीको मद्दत माग्न गइन् । तर प्रहरीले सुनुवाइ नगरेपछि हाई कोर्टमा पुगेको उनले बताएकी छन् ।

सौरभले भने पुनमको आरोप झूठो भएको बताएका छन्। पुनमले ‘द जर्नी अफ कर्मा’, ‘आ गया हिरो’लगायत फिल्ममा अभिनय गरेकी छन्।