झापा : झापाको दमकमा सिद्धार्थ कप अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । दमक ७ मा रहेको सिद्धार्थ अग्रेजी बोडिङ्ग स्कुलको आयोजनामा माघ २२ गते देखि २५ गते खेल संचालन भएको थियो ।

प्रतियोगीतामा झापा मोरङ्गका बिभिन्न बिद्यालयले सहभागीता जनाएका थिए । पुरुष र महिला दुवै बिधामा खेल संचालन भइरहेको थियो । प्रतियोगीताको छात्र तर्फको उपाधी बिराटनगरको कान्तिपुर सिटी कलेजले जितेको छ भने छात्रा तर्फ दमक स्थीत ग्लोबल एजुकेसनल एकेडेमीले जितेको छ ।

बिजेता दुबै टिमलाइ कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका मेयर रोमनाथ ओली र सिद्धार्थ अग्रेजी स्कुलका संस्थापक प्रधानअध्यापक तेज कुमार श्रेष्ठले संयुक्त रूपमा नगद १५ हजार सहित प्रमाण पत्र मेडल र ट्रफि बितरण गरेका थिए । सिद्धार्थ कप अन्तर बिध्यालय भलिबल प्रतियोगिता आगामी वर्ष देखि निरन्तर सन्चालन गरीने आयोजकले बताएको छ ।