सताक्षी गोल्डकपको तयारी तिब्र, मैदान मर्मत सुरु

  • माघ २७, २०७६
  • १८४ पटक पढिएको
  • कपुरीन्यूज
alt

झापा : फागुनको पहिलो साताबाट सुरु हुने तेस्रो संस्करणको सताक्षी गोल्डकपको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।
शिवसताक्षी नगरपालिकास्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान झिलझिलेको खेल मैदानमा हुने गोल्डकपका लागि तयारी तिब्र गतिमा अघि बढाइएको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जनाएको छ । सताक्षी गोल्डकप फागुन ४ गतेदेखी सुरु हुने शिवसताक्षी नगर खेलकुद विकास समिति अध्यक्ष फुर्वा तामाङ्गले जानकारी दिए । फागुन ३ गतेको मिति यस अघि सार्वजनिक भएको थियो । उनले भने, ३ गते टाडाबाट आउने टिमलाई सहज नहुने भएकाले ४ गते सारिएको जानकारी दिए । खेल फागुन ४ गतेबाट सुरु भई ११ गते समापन हुने छ ।

गोल्डकपका लागि ग्राउण्ड मर्मत, प्याराफिट र घेराबाराको सम्पूर्ण काम मंगलबारसम्ममा पुरा हुने आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जनाएको छ । गोल्डकप सफल बनाउन स्थानीय स्तरबाट स्वस्र्फत सहयोग मिलेको अध्यक्ष तामाङ्गले जानकारी दिए । विगतमा भएका गोल्डकपको अनुभव लिएका लावतीले यस पल्टको गोल्डपको तयारी अघिल्ला गोल्डकप भन्दा राम्रो र व्यवस्थित हुने बताए ।

गोल्डपमा हालसम्म अन्तराष्ट्रिय एक टिमसहित ८ टिमको कुरा भई रहेको शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फूर्वा तामाङ्गले जानकारी दिए । जसमा नेपाल आर्मी क्लब, मनाङ्ग मस्र्याङ्गदी क्लब, थ्रिस्टार क्लब, मचिन्द्र फुटबल क्लब, रुपन्देही ११, च्यासल थुथ क्लब, दार्जिलिङ्ग फुटबल क्लब र आयोजक झापा रहेका छन् ।
गोल्कपको प्रथम पुरस्कार ६ लाख, दोस्रो पुरस्कार ३ लाख, म्यान अफ दी सिरिज ५० हजार, हाइस्कोर २५ हजार रहेको बताइएको छ । त्यस्तै उत्कृष्ट मिड फिल्ड, उत्कृष्ट फरवर्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट किपरलाई २०–२० हजार प्राप्त गर्नेछन् भने म्यान अफ दी म्याच ५ हजार पाउने बताइएको छ ।

गोल्डकमा अनुमानित ७६ लाख खर्च हुने आर्थिक संयोजक सनम इजमले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिकाबाट १० लाख सहयोग र अन्य दाता, मुख्य प्रायोजक, सहायक प्रयोजकहरुको सहयोगबाट गोल्डकप सफल बनाउने बताए ।
अहिले खेल मैदान मर्मत गर्ने काम जारी छ । करीब ७ हजार दर्शक अट्नेगरी प्याराफिट निर्माण गरिएको बताइएको छ । प्रथम सताक्षी गोल्डकपको उपाधि महेन्द्र पुलिस क्लब र दोस्रो गोल्डकपको उपाधि नेपाल आर्मी क्लबले हात पारेको थियो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved