धरान : प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले हिँउदे अधिवेशनले प्रदेशको नाम जुराउने बताएका छन् । मंगलबार धरानको होटल सन्ध्या इनमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले प्रदेश सभाको यही हिउँदे अधिवेशनले प्रदेशको नाम जुराउने बताएका हुन् ।
सभामुख भण्डारीले भने ‘गत माघ २३ गतेबाट हिउदे अधिवेशन सुरु भएको छ, यो अधिवेशनले प्रदेशको न्वारन गर्छ, आशा गरौैं ।’ उनले प्रदेशको नामाकरणको मुद्दा सबैको चासोको विषय बनिरहेको बताउदै यसमा सर्बस्विकार्य हुने गरी टुग्याउनु पर्ने बताए । ‘अहिले विभिन्न जातीय संघ संस्थाहरुले पहिचानसहितको नाम राख्नको लागि ज्ञापन पत्र बुझाउने काम भइरहेको छ’ उनले भने ‘लिम्बुवान किरात राख्न माग राख्दै मलाई ज्ञापनपत्र बुझाउनुभएको छ, सकेसम्म सहमतीबाट नभए विधि र प्रक्रियाबाट नै प्रदेशले नाम पाउछ ।’
प्रदेशको स्थायी राजधानीको टुङ्गो लगाइसकेपनि नामाकरण विषय निकै पेचिलो बनेको बताउदै सबैलाई स्विकार्य हुने गरी सहमतीमा नामाकरणको विषय टुङ्ग्याउन सरकार आन्तरिक छलफलमा जुटेको बताए । किरात, लिम्बुवान, खम्बुवान, सगरमाथा, कोशी, विराटलगायतका नामहरु चर्चामा रहेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        