झापा : प्रदेश १ सरकारले हालसम्म नेपाल-भारत सीमा क्षेत्रमा २५ ओटा बोर्डर आउट पोष्ट निर्माण गरेको प्रदेश सरकारले जनाएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका-१ कुञ्जिबारीको सिमा क्षेत्रमा निर्माण गरिएको बोर्डर आउट पोष्ट उद्घाटनका क्रममा प्रदेश–१ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले यस्तो जानकारी गराएका हुन् । मन्त्री कार्कीका अनुसार सीमा सुरक्षाका लागि प्रदेश सरकारले हालसम्म २५ वटा बोर्डर आउट पोष्ट निर्माण गरी सकेको र चाडै नै ३१ वटा पुर्याउने सरकारको योजना छ ।
बिओपी निर्माणले सीमा क्षेत्रमा हुने अवैध कारोवार, अबान्छनीय गतिविधि नियन्त्रण र जनधनको सुरक्षामा सहयोग पुगेको मन्त्री कार्कीको भनाइ छ । तराईमा ७ देखि १० किलो मिटर फरकमा रहेको बिओपीलाई एक अर्काबीच जोड्ने सडक र प्रहरी परिचालनका लागि आवश्यक यातायातको समेत व्यवस्थापन गर्ने मन्त्री कार्कीले जानकारी दिए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        