ए डिभिजन लिगः उपाधिका लागि त्रिभुवन र मछिन्द्र भिड्दै

  • फाल्गुन ३, २०७६
  • २२९ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । आज हुने अन्तिम खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ । लिगले आज नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।

लिगमा आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा छन् । लिगको अन्तिम खेल बाँकी रहदा मछिन्द्र आर्मी भन्दा एक अंकले पछि रहेको छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । बराबर र हारले मछिन्द्र च्याम्पियन बन्ने छैन । आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved