धरान : फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे धरानमा पनि विशेष रूपमा मनाइएको छ । यस दिनलाई विशेष बनाउनका लागी भने धरानमा रहेको हाङ्गुुक साराङ कोरीयन रेस्टुरेन्टले भने गायक यम बराललाई दर्शक माँझ प्रस्तुत गरेको छ ।

भ्यालेन्टाइन डेको अवसर पारेर शुक्रबार उक्त रेस्टुरेन्टमा गायक यम बरालको एकल प्रस्तुती सम्पन्न भएको हो । साँझ करीब ८ बजे मञ्च उक्लिएका गायक बरालले आजको दिनमा कसैलाई यस्तो नहोस भन्दै निष्ठुरीले छाडेर गइहाली बोलको गितबाट आफ्नो प्रस्तुती सुरू गरेका थिए ।

गायक बरालले उपस्थित दर्शकहरू माझ बादलुको घुम्टोले, नारायण गोपालको मलाइ नसोध, आगो चलचित्रको माया बस्यो मुटुमा, मुस्कान चलचित्रको हेर हेर पूर्वबाट झुल्किएछ घाम लगायतको गित गाएका थिए । यस्तै उनको प्रस्तुतीमा रूद्र मणी र अरूणा लामाको ए कान्छा र नारायण गोपाल र आशा भोस्लेको मोहनी लाग्ला है बोलको गितमा गायिका शुभलक्ष्मी राईले साथ दिएका थिए ।