झापा : झापाको शिवसताक्षीमा आइतबारदेखि शुरु भएको तेस्रो सताक्षी गोल्डकपको उद्धघाटन खेलमा अयोजक सतासीधाम स्पोटिङ्ग क्लब विजयी भएको छ ।

शिवसताक्षी ११ झिलझिलेस्थीत गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा जारि प्रतियोगितको पहिलो खेलमा आयोजक सतासीधाम स्पोटिङ्ग क्लबले मनाङ मस्याङदीलाई १-० गोल अन्र्तरले पराजित गरेको छ । खेल पहिलो हाफसम्म गोल रहित बाराबरीमा सकिएको थियो । निकै प्रतिष्पर्धात्मक भएको खेलमा दोस्रो हाफको ५ औ मिनेटमा आयोजकका जर्सी नम्बर ७ का मनिस थापाले गोल गर्दै खोललाई अग्रता दिलाएका थिए ।

राष्ट्रिय खेलाडी र केहि बिदेशी खेलाडीका साथ मैदानमा उत्रेकोे मनाङ्गलाई आयोजक सताक्षीधाम स्पोर्टिङ्ग क्लवले शुन्यको बिरुद्ध १ गोलले स्तब्ध बनायो । प्रतियोगिताको म्यान अफ दि म्याच बिजेता टिमका मनिस थापा घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली थ्रिस्टार क्लब र बेलबारी फुटबल क्लब मोरङ बिच खेलहुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ६ लाख र उपबिजेताले ३ लाख पाउने जनाइएको छ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी, रुपन्देही ११, मछिन्द्र फुटवल क्लव, बेलवारी फुटवल क्लव मोरङ्ग, आयोजक झापा र भारतको दार्जेलिङ फुटवल क्लवको सहभागीता रहेको छ । प्रतियोगिताको शिबसतक्षीका नगरप्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका थिए ।