धरान : ११ औं राष्ट्रपती रनिङ शिल्ड पालिकास्तरीय छनौट प्रतियोगिता अन्तर्गत आइतबारदेखी धरानमा सुरु भएको छ ।

धरान उपमहानगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा उक्त छनौट प्रतियोगिता सुरु भएको हो । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा एक समारोहकाबीच धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले प्रतियोगिताको उद्घाटन गरेका थिए । चार दिन सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, कराँते, उसु, तेक्वाण्दो, कबडी र भलिबल खेल हुने समितिका अध्यक्ष सुबास राईले बताए । उनका अनुसार प्रतियोगितामा धरानका निजी तथा सामुदायिक विद्यालयका कक्षा ८ देखी १२ सम्मका छात्र र छात्राहरु ६ वटै विद्याको खेलमा प्रतिस्पर्धामा छन् ।

उद्घाटनको दिन धरान-१८ स्थित डिपो माविको खेल मैदानमा एथलेटिक्स विद्याका १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १ हजार ५ सय र ३००० मिटर दौड प्रतियोगिता भएको छ । एथलेटिक्सका बाँकी खेलसहित अन्य विद्याका खेलहरु सोमबारबाट सुरु हुने भएको छ । भलिबलमा छात्रमा १० टिम र छात्रामा ७ टिमको सहभागीता रहेको समितिले जनाएको छ । प्रतियोगितामा व्याक्तिगत खेलहरुमा पहिलो हुने खेलाडी जिल्लास्तरीय छनौट प्रतियोगितामा भाग लिन पाउने र टिम इभेन्टमा पहिलो बनेको टिम धरानको टिम बनेर जिल्ला स्तरीय छनौटमा प्रतिस्पर्धा गर्न पाउने समितिका अध्यक्ष राईको भनाई छ ।