धरान : एघार युवा कविका ११० कविताको संग्रह “उज्यालोका मालीहरू” बजारमा आएको छ ।

साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा नेपालकै विभिन्न जिल्लाका युवा कविहरुको कविताहरुलाई समाविष्ट गरिएको छ । झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदिप योङहाङ लिम्बु, सुनसरीकी दिपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चिनवनका शरद ऋतु काभ्रेका अदिप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समाविष्ट रहेको छ ।

संग्रहमा छोटो आकारका तर ओज र घनत्व बोकेका सूक्तिमय कविता समाविष्ट गरिएको सम्पादक पौड्यालले जानाएका छन् । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । फागुन १० गते यस पुस्तकको विमोचन गरिने प्रकाशकले जनाएको छ । यसका लागि सबै कवि आ आफ्नो जिल्लाबाट काठमाडौँ आउने व्यवस्था मिलाइएको शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले बताएका छन् । सम्पादक महेश पौड्यालका अनुसार यस संग्रहले नयाँ युवा कविहरुलाई सक्दो समावेश गर्न खाजेको र यसले कविता विद्यामा एउटा नयाँ आयाम थप्ने समेत आशा रहेको उनले बताएका छन् ।