धरान : सुनसरीको धरानमा जारी २२ औं अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग वुढासुव्वा गोल्डकपको आज सम्पन्न अन्तिम क्वाटर फाईनल खेलमा विमल घर्तिमगरको ह्याट्रिक संगै आधा दर्जन गोल गरी मछिन्द्र कल्व काठमाण्डौ बुढासुव्वा गोल्डकपको सेमी फाईनलमा पुग्न सफल भएको छ ।

धरान रंगशालामा सण्डे फुटबल क्लव कोलकत्ता भारतलाई १-६ गोल अन्तरले पराजति गर्दे मछिन्द्र क्लव काठमाण्डौले बुढासुव्वा गोल्डकपको सेमीफाईनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको २१ औ मिनेटमा मछिन्द्र क्लव काठमाण्डौका स्ट्राईकर विमल घर्तिमगरले पहिलो गोल गरी आफनो समुहवाट खाता खोल्न सफल भएका थिए भने त्यस पछिको २८ औं मिनेटमा मछिन्द्र क्लवकै विशाल राई वि ले थप एक गोल गरी आफनो समुहलाई शुन्यको विरुद्ध दुई गोलले अग्रता दिलाउन सफल भए । मध्यान्तर पछिको ४८ औ मिनेटमा मछिन्द्र क्लवकै खेलाडी रोजिन सुव्वाले थप एक गोल, त्यसैगरी सोही क्लवका विशाल राई वि ले थप अर्काे गोल गरी आफनो समुहलाई शुन्यको विरुद्ध चार गोलले अगडी वढाउन सफल भएका थिए । त्यसैगरी दोश्रो हाफको ७९ औ मिनेटमा पुनः मछिन्द्र क्लवकै बिमल घर्तिमगरले थप एक गोल गरी आफनो समुहलाई शुन्यको विरुद्ध ५ गोलले अग्रता दिलाउन सफल भए भने दोश्रो हाफको ८२ औं मिनेटमा सण्डे फुटबल क्लव कोलकत्ताका खेलाडी सन्जिव बौरीले हानेको फ्रि किक गोलमा परिणत भई शुन्यबाट आफनो समुहलाई १ गोल गरी जोगाएका थिए । त्यसको लगत्तै पाँच मिनेटको अन्तर दोश्रो हाफको ८७ औं मिनेटमा मछिन्द्र क्लवका खेलाडी बिमल घर्तिमगरले थप एक गोल गरी आफनो टिमलाई सफल भए ।

Budha-subba-Gold

आजको खेलमा सण्डे फुटबल क्लव कोलकत्ताका खेलाडीले नेपालको लिग विजेता मछिन्द्र क्लबसंगको खेलमा निकै धेरै संघर्ष गरेर गोल रोक्नु पर्यो भने मछिन्द्र क्लवले भने भर्खरै झापाको सताक्षी गोल्डकप जितेको हप्ता दिन नपुगी बुढासुव्वा गोल्डकपको सेमीफाईनलको यात्रा तय गर्न सफल भएको छ ।

खेलको उत्कृष्ट गोलकर्ता सण्डे फुटबल क्लव कोलकत्ता भारतका सन्जिव बौरी घोषित भए । उनले नगद ५ हजार प्राप्त गर्न सफल भए भने आजको खेलको म्यान अफ द म्याच मच्छिन्द्र क्लव काठमाण्डौका खेलाडी विमल घर्तिमगर घोषित भए । उनले नगद १५ हजार प्राप्त गर्न सफल भए ।

Man-of-The-Match

भोली हुने २२ औं टुवोर्ग बुढासुव्वा गोल्डकपको पहिलो सेमी फाईनल खेल युके एफ सी खर्साङ भारत र मनाङ मर्स्याङदी  क्लव काठमाण्डौ विच हुनेछ ।

प्रशिक्षकको भनाई :

रहमत आलम (प्रशिक्षक) - सण्डे फुटबल क्लव कोलकत्ता भारत

नेपालको लिग फुटबल विजेता निकै चर्तित क्लव मच्छिन्द्रसंगको खेलमा हामी कमजोर दरियौ । यो खेलमा हामीले सिनियर खेलाडी सहभागि गराउन सकेनौ भने यो समुहका खेलाडी सवै नँया भएकोले हामीले पराजित हुनुप¥यो । दुई दिन अघि मात्रै खवर पायौ र लामो बाटो आउदा खेलाडीले आराम पाएका थिएनन् । खेलाडी बढी नर्भस पनि भए । क्लवले नेपालको विभिन्न ठाँउहरु सहभागि भईसकेको भए पनि यो समुह विल्कुलै नँया भएकोले पनि पराजित हुनपर्यो ।

प्रबेश कटुवाल (प्रशिक्षक) - मच्छिन्द्र फुटबल क्लव काठमाण्डौ

निरन्तर खेलको दौडधुपका बिच पनि मच्छिन्द्रका खेलाडीले राम्रो खेलेका कारण हामी वुढासुव्वा गोल्डकपको सेमी फाईनलको यात्रा तय गर्न सफल भयौ । ए डिभिजनको लिग सके लगत्तै झापामा सम्पन्न सताक्षी गोल्डकप जितेका थियौ । त्यस्को केही दिनको अन्तरमा मात्रै बुढासुव्वा गोल्डकपमा सहभागि भएका थियौ । सहजै सेमी फाईनलमा प्रबेश गर्न सफल भएका छौ । आशा छ बुढासुव्वा गोल्डकपको दावेदार हुन सक्छौ ।