धरान : एक नम्बर प्रदेशमै पहिलो पटक धरानमा युरोपियन ब्राण्डको आधिकारीक सप्लिमेन्ट बिक्रि केन्द्र निउट्री हब संचालनमा आएको छ ।

मिस्टर धरान २०७६ का विजेता उत्तम खत्रीद्धारा संचालनमा ल्याईएको हबको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले रिबन काटेर गरेका छन् । उद्घाटनको क्रममा मेयर तिलक राईले मानिसलाई स्वास्थ्य रहन दैनिक कम्तिमा एक डेढ घण्टा वर्कआउट गर्न जरुरी छ । यसो गर्दा शरिरलाई चाहिने तत्वको आवश्यक पर्छ । यस्तो तत्व दालभात तरकारीले मात्रै नहुने बताउदै यो हबमा उपलब्ध सप्लिमेन्टले निकै ठुलो सहयोग पुर्याएको छ ।

nutri-hub

धरान १० को सैनिक चौक र रमाईलो चोकको विचमा संचालनमा आएको निउट्री हवमा शरिरको मोटोपन घटाउने, कसरत गर्दा शक्ति प्रदान गर्ने, मसल गेन, मसल टोन गर्ने (मसल लुज हुन नदिने) लगायतको सबै प्रकारको गुणस्तरीय डायट्री सप्लीमेन्टमा पाईने बताईएको छ ।

यहा युरोपियन ब्राण्डका सप्लीमेन्ट आधिकारीक विक्रेताबाट ल्याई विक्रि गरिने भएकोले निउट्री हबमा विक्रि हुने सप्लिमेन्टमा कुनै शंका नगर्न उदघाटनको क्रममा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । निउट्री हवमा १ हजार ५ सय देखि १५ हजार सम्मको सप्लिमेन्ट पाईने र उदघाटनको अवसरमा १ सय जना खरिदकर्तालाई १० प्रतिशत छुट प्रदान गरिने पनि संचालक उत्तम खत्रीले बताए ।