धरान : प्रदेश नम्बर १ का विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस स्टेट १ सिजन ३ को अडिसनबाट २९ जना छनौट भएका छन । वुमन वर्थ ग्रुपले आयोजना गरेको प्रतियोगिताको अडिसनबाट छनौट भएका प्रतियोगिहरू संग शुक्रबार अभिभावक भेटघाट सम्पन्न भएको छ ।

अडिसनबाट चित्रदेवी गुरूङ, रमिला मगर राई, लक्ष्मी सुनार, टिका लिम्बू, शान्ता तामाङ, मिना लिम्बू, रोजिना राई, शोभा जबेगू, निर्मला राई, विनिता राई, रम्भा गौतम, अनु तामाङ, पवित्रा बस्नेत, चेतना शर्मा, भगी लिम्बू, मनेता श्रेष्ठ, गिता निरौला श्रेष्ठ, सुनिता श्रेष्ठ, कला राई, सविना घिमीरे, भुमिका देवान, सन्ध्या श्रेष्ठ, चन्दा चौधरी, पूर्णता शाक्य, निर्मला पाठक, शिखा लिम्बू, तुला लिम्बू, सिन्धु सुब्बा र कुन्नी लिम्बू रहेका छन ।

अभिभावक संगको भेटघाट कार्यक्रममा कोरियोग्राफर ललित राईले तालिमको बारेमा जानकारी गराएका थिए । बुधबारबाट सुरू हुने तालिममा क्याटवक संगै मेकअप, महिला अधिकार, महिला स्वास्थ्य, डाइनिङ शिष्टचार, प्रश्न उत्तर लगायतको तालिम प्रदान गरीने उनले बताए । तालिम सम्बन्धित क्षेत्रमा स्थापित एवं विज्ञ व्यक्तित्वरूबाट प्रदान गरीने उनले बता ।

आयोजक संस्थाकी अध्यक्ष सुजता श्रेष्ठले छनौट भएका सबैलाई बधाई दिँदै मिसेस स्टेटलाई मिसेस नेपालसंग सहकार्य गर्नका लागी समेत प्रयास भइरहेको जनाइन । उनले भनिन, यस वर्ष यो सम्भव नभए पनि आगामी वर्षहरूमा यस कुरालाई जोड दिइने उनले बताइन ।

प्रतियोगिताको फाइनल चैत्र १५ गते शभागृहमा हुने आयोजकले जनाएको छ । अहिले कोरोना भाइरसको त्रास भइरहँदा समेत प्रतियोगिताको तालिम नियमित हुने र परीस्थिती अनुसार फाइनलको मिती भने पछाडी सर्न सक्ने भएकाले सबै प्रतियोगिहरूलाई यसका लागी समेत तयार रहन उनले बताइन ।

प्रतियोगीताको विजेताले नगद १ लाख, फस्ट रनरअपले ५० हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने सचिव छाँया श्रेष्ठले बताइन । प्रतियोगितामा मिसेस फोटोजेनिक, फ्रेन्डसिप, डिसिप्लिन, बेस्ट वक, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, बेस्ट फिट्नेस, एक्टिभ, बिउटीफुल र बेस्ट ड्रेस गरी ११ वटा टाइटल प्रदान गरीने समेत उनले बताइन ।