धरान : धरान १४ स्थित बिजयपुरको बमधारा मार्गमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शब फेला परेको छ ।

बिहान साढे छ बजेको समयमा स्थानीयहरु धारामा पानि लिन जाँदा स्थानिय दुर्गा माया तामाङले घटना देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

धरान इलाका प्रहरी कार्यालयले घटनास्थलको एवंम् लासको मुचुल्का तयार पारेर वीपी कोइराला स्वाथ्य प्रतिष्ठान धरानमा पोष्टर्माटम गर्न लगिएको छ ।

मृतकको झुण्डीएको हेर्दा असामान्य जस्तो देखिएपनी वाहिरी कुनै पनि चोटपटक नदेखिएको इलाका प्रहरी कार्यालय धराका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए ।