धरान: इन्टर स्कुल ड्युट डान्स कम्पिटिसन’ धरान डान्सिङ आइडल सिजन टु ‘को उपाधी सुनाखरी एकेडमीका उशा परियार र निमा डोल्मा तामाङको जोडीले जितेका छन् ।

हाम्रो डान्स सेन्टर धरानले आयोजना गरेको प्रतियोगिताको सोमबार सभागृहमा भएको फाइनलमा परियार र तामाङको जोडीले जितेका हुन् । उनीहरुले 'कस्तो हुरी चल्यो' बोलको गीतमा कन्टेम्पररी नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले उपाधि नटराज ट्रफीसहित नगद ५० हजार रुपैयाँ हात पारे । यस्तै, 'हातैमा झुम्के रूमाल' बोलको गीतमा झ्याउरे नृत्य प्रस्तुत गरेको मेरिल्याण्ड इङ्लिस स्कुल दोस्रो भया । यो स्कुलका युजिना मगर र डिना लिम्बूको जोडीले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सुम्निमा इङ्लिस बोर्डिङ स्कुलको युमि राई र जाइना राईको जोडी तेस्रो भयो । यो जोडीले 'चोली अलि छोटो' बोलको गीतमा आइटम नृत्य प्रस्तुत गरेका थिए । दोस्रो भएको स्कुलले १५ हजार रुपैयाँ र तेस्रो भएको स्कुलले नगद १० हजार रुपैयाँसहित नटराज ट्रफी हात पार्यो । विजयी नृत्यको कोरीयोग्राफर मनिता राई, दोश्रोको सन्जय तामाङ र तेश्रो स्कुलको जिना राई रहेका थिए ।

dancing-ideol

यसैगरी, व्यक्तिगत पुरस्कार तर्फ बेष्ट इम्प्रुभमेन्ट डिपो स्कुलकी आकृति परियार र युजिन राईले प्राप्त गरे । बेष्ट डान्स पार्टनरमा एभरेष्ट बोर्डिङ स्कुलका सुस्मा तामाङ र स्मृति गौतम, बेष्ट डिसिप्लिनमा नवोदयका प्रमिला तिस्मिना र इसा राई, हार्ड वर्किङमा समीट स्कुलका प्रज्वल राई र स्मृति राई घोषित भए । फेसबुक मार्फत गरीएको पब्लिक च्वाइसको अवार्ड नोबल एकेडमीका बिक्रम ठाकुर र चाइनाडल राईले प्राप्त गरे ।

फाइनलमा १५ वटा स्कुलका २० वटाजोडीहरू प्रतिर्स्पधामा उत्रिएका थिए । गत साउनदेखि नै शुरु भएकोप्रतियोगितामा करिब ५ सय जोडीले अडिसन दिएका थिए । फाइनलको निर्णायकमा वरिष्ठ नृत्य निर्देशक पनिता तामाङ र एलसी श्रेष्ठ रहेका थिए ।