काठमाण्डौं : बलिउड नायिका वाणाी कपुर आफ्नो फेसन र बोल्ड फोटोसुटका कारण चर्चामा छाइरहन्छिन् । हालै वाणीले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् जुन देखेर मानिसहरु भड्किए र उनलाई ट्रोल गर्न थाले । यो फोटोमा वाणीले एक बिकिनी टप लगाएकी थिइन् जसमा ‘हरे राम’ लेखिएको थियो । उनको यो ड्रेस मानिसहरुलाई मन परेन र उनीहरुले वाणीलाई सोसल मिडियामा ट्रोल गरे ।

कति प्रयोगकर्ताले वाणी कपुरद्वारा राम नाम लेखिएको ड्रेस लगाएकोमा विरोध जताउँदै यसले उनीहरुको आर्थिक भावनालाई आहत पुर्याएको बताएका छन् । यस्तै, अन्य प्रयोगकर्ताले लेखे, ‘वाणी कपुरले हाम्रो श्री रामसँग जुन भद्दा मजाक गरेकी छिन्, त्यसका लागि उनले कानूनी सजाय पाउनुपर्छ ता कि भविष्यमा कसैले पनि यस्तो गर्न नसकोस् ।’

कतिले मुम्बई पुलिसलाई ट्याग गरेर वाणीविरुद्ध कारवाही गर्न मागसम्म गरेका छन् । अत्यधिक ट्रोल भएपछि वाणी कपुरले अब यो फोटो अकाउन्टबाट हटाएकी छिन् । यद्यपि, कतिले वाणीको फोटोको तारिफ पनि गरेका छन् ।