धरान : आज मंगलबार मात्र नेपालमा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाको अनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित अपडेटमा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।


































































