धरान: धरानका युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त भएका छन्।
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले उनलाई नियुक्त गरेका हुन्।
नेपाली काँग्रेसको विधान २०१७ को (संशोधन सहित) को ३६ (१) को ङ अनुसार खतिवडा नियुक्त भएको प्रतिष्ठानले जानकारी दिएको छ।
धरान-१४ विजयपुर निवासी खतिवडा विजयपुर हस्पिटलका सञ्चालक, यमाहा सोरुम धरानका प्रोप्राइटर तथा सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका कार्यसमिति सदस्य हुन् ।
उनी नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ का सदस्य पनि हुन।



































































