लेटाङ : आज देखी कर्फ्यू  हटेपछि सामान्य अवस्थामा फर्कँदै गरेको लेटाङमा फेरी अर्को दुखद घटना भएको छ। लेटाङ नगरपालिका-६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ मृत अवस्थामा फेला परेकी छन् ।

उनी पनि लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले बताएको छ । उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा अहिले लेटाङ प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोस्टमार्टम लागि पठाउने तयारी गरिरहेको बताइएको छ। 

सो घटनापछि बिस्तारै सामान्य अवस्थामा फर्कँदै गरेका लेटाङवासीलाई थप चोट पुगेको छ । गत आइतबार मात्र सोही विद्यालयका एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवाहार  गरेको आरोपमा सुरु भएको लफडाले उग्र रूप लिँदा एक महिला प्रहरी जवानको ज्यानै समेत गएको थियो । उक्त घटनापछि लेटाङमा सोमबार बिहानबाट लगाइएको कर्फ्यु आज बिहानदेखि पूर्ण रूपमा हटाइएको थियो ।