झापा : महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या प्रकरणले स्तब्ध बनेको मोरङको लेटाङ नगरपालिकामा एक पछि अर्को दुखद घटनाहरू भइरहेका छन् ।

हिजो मात्रै लेटाङ नगरपालिका ६ की एक किशोरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन भने आज पुन लेटाङमा एक जनाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। 

लेटाङ १ लोखराका अन्दाजी ४० वर्षीय शुक्र मगरको स्थानीय चिसाङ खोलाको लोखरा पैनी मुहानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । 

मृतकको शव पोस्टमार्टमका लागि मङ्गलवारे अस्पताल उर्लाबारी पठाइएको लेटाङ प्रहरीले जनाएको छ ।