चतरा : सङ्घीय सरकारको आर्थिक वर्ष २०८९/०८० को बजेटमा सुनसरीको वराहक्षेत्र नगरपालिकामा ९ वटा विकासका योजना स्वीकृत भएका छन् । सङ्घीय सरकार संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत भिन्न भिन्न ९ वटा योजनाका लागि ८ करोड ६८ लाख रकम विनियोजित भएको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । सङ्घीय सांसद एवम् पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा योजनाहरू स्वीकृत भएका हुन् ।

नगर प्रमुख कार्कीका अनुसार वराहक्षेत्र-१ स्थित प्राचीन हरिद्वार कुम्भ मेला लाग्ने ठाउको कोसीको भँगालोमा सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय अन्तर्गत झोलुङ्गे पुलको लागि १७ लाख बजेट विनियोजन भएको छ। त्यस्तै सहरी विकास मन्त्रालय अन्तर्गत वराहक्षेत्र-८ सालवनी स्वामी गाछि-चिल्ड्रेनहार्ट स्कुल-भुवन साहीको घर र सर्बजीत राउतको घर सालवनीको अमर लिम्बूको, जगदीश कोइरालाको घर हुँदै रामबहादुर बञ्जराको घरसम्म सडक स्तरोन्नतीकालागि ९७ लाख, वराहक्षेत्र-८ शक्ति चौकदेखि शान्ति चौक- शुक्रबारे चौकदेखि धनकुटे लाइन-सुखचैना नहर कालापानीबाट वन कार्यालयको सडक स्तरोन्नतीकालागि ९७ लाख, वराहक्षेत्र-८ को सालवनी-तिनकुनेसम्म, शिवालय मन्दिरदेखि दक्षिण जङ्गलसम्म सडक स्तरोन्नतीकालागी ९७ लाख  र वराहक्षेत्र-२ सखुवा चौकदेखि उदय चौक हुँदै गौरी खोला र सूर्य चौक जोडने बाटो स्तरोन्नतीकालागी १ करोड रकम विनियोजन भएको छ । 

संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वराहक्षेत्र संरक्षणका लागि ४० लाख रकम विनियोजित भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत वराहक्षेत्र १ वैकल्पिक राजमार्ग देखि फूलबारी वाग्दलवारी अर्चले सुर्यकुण्ड चियाबारी हुँदै वर डाँडासम्म  मोटर बाटोकालागि ५० लाख, बाङ्गे-नडाहा-धरान १७ जोड्ने सडककालागि ५० लाख  र वराहक्षेत्र-३ बाङ्गे भरौल हुँदै धरान-१७ जोड्ने सडककालागी ३ करोड २० लाख रकम विनियोजित भएको छ।

baraha-budget-2

baraha-budget-