इटहरी : मोरङको सुन्दरहरैचा नगरपालिका अन्तरगत सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जीवन ढुङ्गाना चयन भएका छन् । शनिवार सम्पन्न छैठौैं वार्षिक साधारण सभाले ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि दुई कार्यकाल नेतृत्व गरेका किशोर कार्कीले ढुङ्गानालाई पद हस्तान्तरण गरेका हुन् । 
सोही सभाले प्रथम उपाध्यक्षमा लुवराज आचार्य,उपाध्यक्षमा राजेन्द्रप्रसाद धमला, महासचिवमा खड्गबहादुर श्रेष्ठ, सचिवमा रमेश थापा र कोषाध्यक्षमा बद्री पेस्कारलाई चयन गरेको छ ।
सदस्यमा यशोदा श्रेष्ठ, कमला ओझा, नेत्रप्रसाद दुलाल, अम्बिका पुरी, प्रकाश सिग्देल, कमलप्रसाद दाहाल र उमेश वस्ति छनौट भएका छन्। 
उवासंघ सुन्दरदुलारीमा ढुङ्गानाले ३ वर्ष नेतृत्व गर्ने अवसर पाएका छन् । सुन्दरहरैचामा २ वटा उवासंघ क्रियाशील भए पनि सुन्दर दुलारी मात्र महासङ्घमा सूचीकृत भएको छ । व्यापारिक रूपमा विकास हुँदै गएको सुन्दरदुलारी उवासंघको क्षेत्रमा ढुङ्गानाको नेतृत्वले थप लगानीको वातावरण सृजना गर्ने विश्वास लिइएको छ ।
सोही कार्यक्रममा नेपाल प्रेस युनियन इटहरीका सदस्य  एलएन गच्छदार ५ हजार नगद सहित सम्मानित भएका छन् ।