विराटनगर : प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा रानी देखि बरगाछी सम्म सडकको बिचमा रहेको डिभाइडरमा विभिन्न प्रजातिका २३०० बिरुवा रोपेर संविधान दिवस मनाएको छ । उक्त वृक्षारोपण कार्यक्रममा सोम्स कलेज विराटनगरका बिबिएस तथा एसिसिए अध्ययनरत विद्यार्थीहरूको समेत सहभागिता रह्यो।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री लगायत मन्त्रीहरू, सुरक्षा निकाय, निजामती कर्मचारी, स्काउट, हामी स्वयंसेवी अभियानका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका स्वयंसेवकहरू, पत्रकार, सर्वसाधारणहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।
दिनप्रतिदिन बालुवा र कङ्क्रिटले भरिँदै गएको जमिनमा वृक्षारोपण कार्यक्रमले वातावरण सन्तुलन हुनुका साथै स्वच्छ विराटनगर अभियान समेत सफल हुने हामी स्वयंसेवी अभियानका प्रदेश १ का डाइरेक्टर आरसी कोइरालाले बताए । 
निस्वार्थ रूपमा गरिने समाजका सम्पूर्ण व्यक्तिहरूलाई प्रत्यक्ष फाइदा पुग्ने गरी गरिने सामाजिक कार्यहरूमा बिध्यार्थिहरुलाई सहभागी गराउन पाउँदा विद्यार्थीहरू समेत उत्साहित भएको साथै समाज सँग सम्बन्धित कुनै पनि कार्यमा सधैँ सहभागिता जनाउने सोम्स कलेजका सञ्चालक रोशन घिमिरेले बताए ।   
वृक्षारोपण कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको सुनसरि स्काउट कि सबिना लिम्बुले बताइन । अन्य कार्यक्रममा सहभागी हुँदा भन्दा आजको वृक्षारोपण कार्यक्रममा सहभागी हुन पाउँदा फरक अनुभूति तथा आनन्द प्राप्त भएको सहभागी स्नातक चौथो वर्षमा  अध्ययनरत छात्रा रुपा राउतले बताइन । 
आज सम्पन्न उक्त कार्यक्रमले संविधान दिवस, फरक र पृथक् देखिएको साथै यसले सबैमा सचेतना समेत फैलाएको सहभागीहरूले बताए ।