चतरा : वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले विपन्न, अपाङ्ग, अशक्तहरूको परिवारलाई स्वास्थ्य बिमा गराउने अभियान नगरपालिका लागि परेको बताएका छन् । सम्पूर्ण नगरवासीको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने योजना बमोजिम नगरपालिकाको कार्यालयमा स्वास्थ्य उपचार गराउन सहयोग लिन आउने व्यक्तिका परिवारको समेत स्वास्थ्य बिमा गराउने कार्य नगरपालिकाले प्राथमिकता राखेको प्रमुख कार्कीले बताए ।
वराहक्षेत्र नगरपालिका वडा नं.२ देशकै पहिलो स्वास्थ्य बिमायुक्त वडा घोषणा भएकाले नगरपालिकाले सबै वडामा स्वास्थ्य बिमा गराउने कार्यलाई प्राथमिकता दिएको प्रमुख कार्कीले बराए । शनिवार वराहक्षेत्र-२ स्थित चतरा अस्पतालमा आयोजना भएको डिजिटल एक्स-रे मेसिन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले नगर भित्र रहेका स्वास्थ्य संस्थाको विकास र स्तरबृद्धिका लागि नगरपालिका लागि परिरहेको बताए । 
चतरा अस्पताल देशको नमुना उत्कृष्ट अस्पताल भएकाले यसलाई अझै अब्बल बनाउन नगरपालिका लागि परेको बताए । चतराको चतरा अस्पताल, मधुवनको स्वास्थ्य केन्द्र, नगर अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाको विकासमा लागि नगरपालिका लागि पर्ने उनले जानकारी दिए । 
चतरा अस्पतालका व्यवस्थापन र सल्लाहकार समितिका पदाधिकारी र सदस्यहरूले निर्माण गरेको परोपकार कोषको ७ लाखबाट उपलब्ध डिजिटल एक्स-रे मेसिन खरिद गरिएको अस्पतालको व्यवस्थापक डाक्टर अनिल गिरी बताए । 
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतमको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका नेता, अस्पतालका व्यवस्थापन समिति, सल्लाहकार समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
अस्पतालको व्यवस्थापक डाक्टर अनिल गिरिले सञ्चालन गरेको कार्यक्रममा सञ्चालन समितिका सदस्य प्रह्लाद भट्टराई, अस्पतालका निवर्तमान अध्यक्ष हरिकृष्ण भट्टराई अस्पतालको सेवा तथा सुविधाको विकासमा लागि पर्नुपर्नेमा जोड दिएका थिए ।
chatara-exray