चतरा : वराहक्षेत्र नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको वितरणका लागि नगरपालिकाले राष्ट्रिय भूमि आयोग सुनसरीसँग छलफल सुरु गरेको छ । नगरपालिकाले राष्ट्रिय भूमि आयोग सुनसरीसँगको समन्वयमा वडा नं.७ मा २ सय ७७ जनालाई निस्सा वितरण र नापीको काम सम्पन्न गरेको छ । 
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई भएका परिवारलाई लालपुर्जा वितरण गर्ने योजना अनुसार नापीको काम समेत सम्पन्न भइसकेको र अन्य कामेकोलागि राष्ट्रिय भूमि आयोगसँग छलफल सुरु गरिएको नगर प्रमुख रमेश कार्की बताए ।
वडा नं ७ को देविघाट क्षेत्रमा ४ वटा केन्द्र बनाएर नापी काम सकियो थियो । निस्सा प्राप्त भएको जमिनमा नापीको काम सम्पन्न भएको थियो । पहिलो चतरामा निस्सा पाएका परिवारलाई धनिपुर्जाका लागि नापी सकिएको छ । नापी सकिए पछि निर्वाचन सुरु भएसँगै फिल्ड बुक र नक्साङ्कन गर्ने कार्य रोकिएको थियो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको वितरणको कामलाई सफल बनाउन नगरपालिका लागि परेको र यसकालागि थप राष्ट्रिय भूमि आयोगसँग छलफल र सहजीकरण थालिइएको नगर प्रमुख कार्कीले बताए ।