• रश्मि प्रधान
इटहरी : प्रदेश सभामा पहिचान पक्षधर माओवादी निर्णायक भूमिकामा नहुँदा पहिचानवादीहरू कमजोर भएकोले कोशी प्रदेश नामाङ्कन भएको केन्द्रीय सदस्य निर्मल बरालले बताएका छन् । पहिचान पक्षधर निर्णायक भूमिकामा भएपछि नाम फेरिन सक्ने उनले बताए ।
प्रेस सेन्टर सुनसरीको शनिवार इटहरीमा भएको प्रथम साधारण सभा उद्घाटन गर्दै उनले भने ‘नेकपा माओवादी केन्द्र पहिचान, सङ्घीयता र परिवर्तनको पक्षमा रहेता पनि निर्णायक भूमिकामा नहुँदा  पहिचानको आधारमा नामकरण गर्न नसेको हो ।’ पहिचान पक्षधर शक्तिहरू निर्णायक भूमिकामा भएपछि नामकरण फेरिन सक्ने उनको भनाई छ ।
सभामा समाजवादी प्रेस सङ्गठन परित्याग गरी प्रकाश बन्जारा प्रेस सेन्टर प्रवेश गरेका छन् । उनलाई पार्टी केन्द्रीय सदस्य बराल, मुक्साहाङ मेन्यान्ङ्बो मुकेश,प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम लगायतले स्वागत गरेका थिए । 
सभामा जिल्ला अध्यक्ष तीर्थ कार्कीले प्रतिवेदन पेस गर्दै सेन्टरको गतिविधि प्रस्तुत गरे । सेन्टरका केन्द्रीय सद्स्यहरु केशव घिमिरे, राजेन्द्र किराँती, अर्जुन शर्मा, श्रीशा राई, जनकऋषि राई, कोशी प्रदेश अध्यक्ष विनोद घिमिरे, माओवादी इटहरी इन्चार्ज मदन चुँडाल, इटहरी अध्यक्ष बहादुर तामाङ उपस्थित थिए ।