दमक : कोसी नामकरणको विरोधमा उत्रिएका प्रदर्शनकारीले झापाको दमक नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
यस्तै उनीहरूले दमकका केही वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन् । वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गरेर पुन: दमक नगरपालिकाको कार्यालयमा पुग्दा प्रहरीले ताला फोडेको देखेपछि प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए ।
पुनः तालाबन्दीको प्रयास गर्दा नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।
प्रदर्शनकारीहरूले नगरपालिकाको कार्यालयको झ्यालका सिसा पनि फुटाइदिएका छन् । प्रदर्शनकारीहरूले नगरपालिकाको मूल गेटमै पुन तालाबन्दी गरेका थिए भने विरोध स्वरूप कालो झण्डापनि गाडेका छन् । पहिचानवादीले कोसी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ ।
उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन् । आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ। आन्दोलनकारी उनलाई सहिद घोषणा गर्न माग गरेका छन् ।
338305749_1334006784114359_3783167832379056818_n