धरान : बजार भित्र सवारी साधन 'वान वे' नियम लागु गरिएपछि पुरानो बजारबाट गाडीहरू दक्षिणतर्फ कुदिरहन्छन् । नयाँ बजारबाट गाडीहरू उत्तरतर्फ कुदिरहेको पाइन्छन् ।
'वान वे' कायम गराइदा गाडीहरूले मजाले गतिकासाथ दौडाएको पाइन्छ । ट्राफिक जिम्मेवारी भने केही बढेको छ । 'वान वे' गराइदा फाइदा भएको अनुभव प्रायः सबैले गरेका छन् ।
भानुचोक देखि लक्ष्मी सडक सम्मको बाटो र लक्ष्मी सडक देखि रेडक्रस चौक हुँदै पुरानो बजारको बाटोको मोडलले 'वान वे' माग गरेको थियो । तीस वर्ष पहिला देखि नै 'वान वे'गराइनु पर्दथ्यो । कार्यान्वयनमा ज्यादै ढिलाइ भयो । ढिलै भए पनि धरानमा वान वे नियममा गाडीहरू कुद्ने गरेको पाइदैछ । त्यत्ति बाटोमा मात्र वान वे गराइदा धरान बजारमा सडकको व्यवस्था राम्रै भएको लाग्दछ।
वान वे थाह पाएर पनि अवज्ञा गर्ने प्रवृत्ति निरुत्साहित गर्न भने जरुरी छ । भानुचोकमा रेखदेख राम्रो छ । देशीलाइनमा पनि रेखदेख राम्रो छ । माछा भौडिमा पनि रेखदेख राम्रो छ । शान्तिपथमा पनि रेखदेख आवश्यक मानियो । सबै सहायक बाटोहरूमा  ट्राफिक प्रहरीको जिम्मेवारी थपेको राम्रो हुनेछ ।
महेन्द्र पथ तथा रत्नरोड प्रयोग कसरी गर्ने सवारी चालकहरूलाई शिक्षा दिनु आवश्यक देखिन्छ । गीता मन्दिर लाइनको बाटो, जी.एस.मार्केटको बाटो, छाताचौकको बाटोहरू, पुरानो अस्पताल त्यसपछि सरस्वती स्कुल, टेलिकम लाइनका बाटोहरूमा चौकहरू छन् ।
टेलिफोन लाइनबाट आउने बाटोबाट सरस्वती स्कुल प्रवेश गर्दै पुरानो बजार हुँदै वान वे को सुविधामा सहजता छ । टेलिफोन अफिसको माथिल्लो बाटो तथा साइरामको बाटोको हकमा भने वान वे केही असुविधाजनक छ ।
उनीहरूले भने चन्द्र संस्कृत तथा आन्तरिक राजश्वको लाइन सम्म उँभो गएर श्यामको पसल हुँदै पुरानो बजार प्रवेश पाउने नियम बनाइएको छ । विजयपुर स्कुलको बाटोबाट सरस्वती स्कुल प्रवेश गर्दै पुरानो बजार हुँदै वान वे को सुविधामा लिन मिल्छ कि मिल्दैन एउटा जिज्ञासा लागेको छ । त्यहाँ थोरै वान वे उल्लङ्घनको अवस्था आउँछ ।
सहजताका लागि चन्द्रसस्कृत तथा आन्तरिक राजश्व कार्यालयको लाइनबाट पुराने बजार छिर्दा उपयुक्त हुन्छ । त्यहाँदेखि मास्तिर वालिका मोडमा पनि बाटो छ । उँधो भएका बाटोहरू भएमा उँभो तर्फ जाने गर्दै पुरानो बजार छिर्न सकेमा 'वान वे'लाई कुनै कठिनाइ भने हुने छैन ।
यसरी वान वे अन्तर्गत रहेका सबै सहायक बाटोहरूमा सबै तर्फ ट्राफिक निगरानी राखिनु अत्यन्त आवश्यक छ । वान वे नियममा खलबल हुन सक्ने अवस्था अध्ययन गर्दै घुम्ती ट्राफिक निगरानी बढाउनु अत्यन्त आवश्यक हुन्छ ।
केही मानिसबाट जानकारीको अभावमा 'वान वे'को अवज्ञा सहित अघि बढेका पाइन्छन् । केही मानिसहरू भने जानाजान अवज्ञा गर्ने स्वभावका कारण वान वे विपरीत अघि बढ्छन् । यो दुःखद कुरा हो । त्यस्तालाई ट्राफिक शिक्षा दिनुको विकल्प छैन । न्यूनतम जरिवाना गराउनु जायज हो ।
वान वे कायम हुँदा पुराना केही व्यवसायको आय घट्यो भन्ने गुनासा पनि आएका छन् । मलाइ पनि एउटा अनुभव लेख्न मन लागेको छ । व्यवस्थित रूपमा यस्तो क्रियाकलापको सुधार हुन सकेको खण्डमा आर्थिक कारोबारहरू हराएर भने जाने छैनन् भन्न सकिन्छ ।
उदाहरणको रूपमा चन्द्रसस्कृत तथा आन्तरिक राजश्व कार्यालय लाइनमा टेम्पोहरु यात्रुहरू पर्खिएर बस्दथे । एकजना यात्रु मात्र भएमा पनि भानुचोक सम्म ल्याउने चलन थियो । गोटा गन्ती भाडा ४० रुपैयाँमा ।
त्यसरी ल्याउँदै गर्दा बिच बाटोमा यात्रु भेटिने सम्भावना समेत हुन्थ्यो । चाडबाडमा भने त्यस प्रकार पनि टेम्पुहरूले आय गर्न सक्दथे । अहिले वान वे भइकन भने टेम्पुहरूको त्यसरी चन्द्रसस्कृत तथा आन्तरिक राजश्व कार्यालय लाइनमा यात्रुहरू पर्खिएर बस्न पाउने वातावरण भने बिग्रिएर गयो ।
यसलाई निरन्तरता दिन श्यामको पसल लाइनमा टेम्पुहरू यात्रु पर्खने गरेको देखिएको छैन । सिधै पुरानो बजारको त्यही लाइनमा यात्रुहरूलाई पर्खदा हुने हो । तर टेम्पोवालाहरुले यो कुरा बुझेका छैनन् क्यार ।
उपायले बाटो बनाउँछ भन्ने भनाइलाई अनुसरण गर्ने हो भने चलिरहेको बाटोमा थोरै सुझबुझ पुर्‍याएकोको खण्डमा टेम्पोहरुको आय हुने यथावत् रहेन अवस्था हराएर जाने छैनन् भन्ने कुरा व्यवसायीले बुझ्न जरुरी छ ।
करिब एक महिनाको अवधिमा व्यवसायिहरुको व्यापारमा पनि त्यस्तो खासै असर पारेको देखिन्न । नयाँ बजारको व्यापारलाई 'वान वे'ले कुनै पनि प्रकारको हानी पुर्‍याएको छैन । पुरानो बजारको व्यापारलाई भने 'वान वे'ले फाइदा पुर्‍याएको देखिन्छ ।
'वान वे'ले धरानको भानुचोक देखि लक्ष्मी सडकको लक्ष्मी चौक सम्म व्यापारिक क्षेत्र कायम गराउन सकेको छ । त्यस्तै लक्ष्मी चौक देखि माछा भौडि हुँदै देश लाइनको क्षेत्रहरू सबै सबै व्यापारिक सुपर क्षेत्रहरू हुन भनेर बुझ्नु हामीले आवश्यक ठान्नु पर्दछ ।
वान वे ले यिनै कुराहरू बताइरहेको छ । 'वान वे'का कारण अन्य कतै पनि असर पारेको छैन । केवल नयाँ सडक र पुरानो बजार के कसरी कहाँ देखि कहाँ सम्म कसरी प्रयोग गर्ने भन्ने बारेमा चालक दलहरूले एक पटक सोच्नु आवश्यक बनाइदिएको छ ।
राम्रो सँग नसोची वान वे मा परिएमा यो प्रयोग गर्दा इन्धन ज्यादा भन्दा ज्यादा खर्च हुन्छ भनेर नकारात्मक सोच हामी चालकहरूले नराखेको राम्रो मानिन्छ । धरानमा वान वे कार्यान्वयन भएको राम्रो छ । यद्यपि सानो एरिया छ ।
धरान बजार घुम्दा घरायसी लगायत व्यापारिक लगायत अन्य आवश्यकताको सामानहरू खरिद गर्ने परिपाटि पनि बस्दै जाने छ । त्यसो हुनका लागि अव भने भानु चौक देखि लक्ष्मी सडक सम्मका सबै क्षेत्र व्यापारिक लाइन बन्न पुगेको छ ।
त्यति मात्र हैन लक्ष्मीचौक देखि रेडक्रस हुँदै सम्पूर्ण पुरानो बजार तलै माछाभौडि सम्म नै व्यापारिक कारोबारहरू मौलाउने प्रशस्त सम्भावनाहरू बढेर गएको देखिन्छ। धरानको बजार विकास र विस्तारको लागि यसले योगदान गरेको छ ।