धरान : धरान उपमहानगरपालिकाको तेह्रौँ नगरसभा धरान-१० स्थित सैनिक विश्राम भवनमा सुरु भएको छ ।

नगरसभामा उपमेयर आइन्द्रविक्रम बेघाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि उपमहानगरपालिकाको बजेट प्रस्तुत गरेका छन् ।

धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको लागि कुल अनुमानित बजे १ अर्ब ७१ करोड रुपैयाँको रहेको छ ।

बजेटको यो अङ्क इटहरी उपमहानगरपालिका भन्दा कम हो । इटहरीमा आजै प्रस्तुत बजेटको अङ्क २ अर्ब ३५ करोड ३१ हजार  रुपैयाँ रहेको छ ।

धरान उपमहानगरपालिकाको प्रस्तुत बजेटमा मेयर कोषमा १ करोड ५० लाख रुपैयाँ छुटाइएको छ ।

यसैगरी उपमेयर कोषमा ७५ लाख रुपैयाँ राखिएको छ । यो मेयर तथा उपमेयरको तजबिजमा खर्च हुने भइपरी आउने कोष हो ।

बजेटमा पूर्वाधार विकासका लागि कुल ४४ करोड, २१ लाख, ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल २० वडामा विनियोजित वडागत बजेट कुल २१ करोड रुपैयाँ रहेको छ ।

सामाजिक विकासका कार्यक्रम, साझेदारी र सहयोगका लागि कुल ५४ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक विकाशको शीर्षकमा कुल ३ करोड ४८ लाख ५० हजार रुपैयाँ छुटाइएको छ । बजेटमा यो विनियोजित रकम उपमहानगरपालिले स्थापना गर्ने बेसार उद्योग, साबुन उद्योग समेत स्थापना र सञ्चालनका लागि पनि हो ।

Dharan-budget-123-nDharan-budget-2n

dharan-budget-2--80-81